Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानलाई

  • sujan regmi
  • २४ चैत्र २०८१, सोमबार २१:३९
चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान हासिल गरेका कलाकारहरुले पुरस्कार ग्रहण गर्दै गर्दा लिइएको तस्विर

सुजन रेग्मी
बागलुङ, २५ चैत । ऐतिहासिक चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ ।

मेलाको मुख्य आकर्षण पहिचानको रुपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जितेका हुन् । फाइनल प्रतिस्पर्धामा बागलुङ प्रतिष्ठानलाई पराजित गर्दै म्याग्दी प्रतिष्ठानले उपाधि हात पारेको हो ।

प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन खड्का र निशा गुरुङ द्वितीय भए । तृतीय स्थान नगरकोट दोहोरी साँझका सविन आचार्य र जमुना सुनार तथा कास्की प्रतिष्ठानका अनिल चापागाई र आर्चना चापागाईले प्राप्त गरे । दुवै टिमले बराबर अङ्क प्राप्त गरेका थिए ।

प्रतियोगितामा १६ टिमले नाम दर्ता गराएका मध्ये १४ टिमले सहभागिता जनाएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

प्रतियोगिताको विजेता म्याग्दी प्रतिष्ठानले २ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । यसैगरी द्धितिय भएको बागलुङ प्रतिष्ठानले एक लाख रुपियाँ र तृतीय हुन सफल नगरकोट दोहारी साँझ र कास्की प्रतिष्ठानले ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा नायक दोहोरी साँझका सरोज सिम्खडा सर्वोकृष्ट दोहोरी गायक र नगरकोट दोहोरी साँझकी जमुना सुनार सर्वोत्कृष्ट दोहारी गायिका बन्नुभयो । उहाँहरुले समान नगद ५–५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । सुरेन्द्र र संगिनाको समुह अनुशासित समुह घोषित भए ।

दोहोरी गीत प्रतियोगिता चैत्राष्टमी मेलाको ऐतिहासिक प्रतियोगिता हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki