Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानलाई

  • sujan regmi
  • २४ चैत्र २०८१, सोमबार २१:३९
चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान हासिल गरेका कलाकारहरुले पुरस्कार ग्रहण गर्दै गर्दा लिइएको तस्विर

सुजन रेग्मी
बागलुङ, २५ चैत । ऐतिहासिक चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ ।

मेलाको मुख्य आकर्षण पहिचानको रुपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जितेका हुन् । फाइनल प्रतिस्पर्धामा बागलुङ प्रतिष्ठानलाई पराजित गर्दै म्याग्दी प्रतिष्ठानले उपाधि हात पारेको हो ।

प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन खड्का र निशा गुरुङ द्वितीय भए । तृतीय स्थान नगरकोट दोहोरी साँझका सविन आचार्य र जमुना सुनार तथा कास्की प्रतिष्ठानका अनिल चापागाई र आर्चना चापागाईले प्राप्त गरे । दुवै टिमले बराबर अङ्क प्राप्त गरेका थिए ।

प्रतियोगितामा १६ टिमले नाम दर्ता गराएका मध्ये १४ टिमले सहभागिता जनाएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

प्रतियोगिताको विजेता म्याग्दी प्रतिष्ठानले २ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । यसैगरी द्धितिय भएको बागलुङ प्रतिष्ठानले एक लाख रुपियाँ र तृतीय हुन सफल नगरकोट दोहारी साँझ र कास्की प्रतिष्ठानले ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा नायक दोहोरी साँझका सरोज सिम्खडा सर्वोकृष्ट दोहोरी गायक र नगरकोट दोहोरी साँझकी जमुना सुनार सर्वोत्कृष्ट दोहारी गायिका बन्नुभयो । उहाँहरुले समान नगद ५–५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । सुरेन्द्र र संगिनाको समुह अनुशासित समुह घोषित भए ।

दोहोरी गीत प्रतियोगिता चैत्राष्टमी मेलाको ऐतिहासिक प्रतियोगिता हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki