Skip to content

follow us

baglungkhabar.tv

23rd April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चैते दशैंमा कालिका भगवती मन्दिरमा भक्तजनको भीड

bk logo final png
  • बागलुङखबर
  • २२ चैत्र २०८१, शनिबार १५:२४
चैत्राष्टमीको दिन बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्न लागेका भक्तजनहरुको भीड तस्विर : अर्जुन कार्की

बागलुङ, २३ चैत । चैत्राष्टमीको दिन बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । चैते दशैं समेत भनिने नवरात्र पर्वको मुख्यदिन शनिबार चैत्राष्टमी पर्वको दिन मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको हो ।

बागलुङ कालिकामा पूजाअर्चना गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशभरका हिन्दु धर्मावलम्बीहरु मन्दिरमा आउने गरेको अध्यक्ष खड्काले बताउनुभयो ।

चैत्राष्टमीको दिन काठमाडौँ, पोखरा, पर्वत, म्याग्दी, चितवन लगायत देशभरबाट मन्दिर दर्शनका आएका छन् । पछिल्लो समय चैत्राष्टमीको बेला १०, १५ प्रतिशत भारतीय भक्तजनहरु पनि वृद्धि भएको अध्यक्ष खड्काले बताउनुभयो ।

कालिका मन्दिरमा महाष्टमी र महानवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ ।

मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास रहेको अध्यक्ष खड्काले बताउनुभयो ।

कालिका भगवती मन्दिरमा बर्षको दुई पटक चैते दशैं र वडा दशैंमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । मन्दिरमा माघ र साउन महिना बाहेक वर्षभरी नै दर्शनार्थीको चहलपहल हुने गर्दछ । मन्दिरमा प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरुमा भक्तजनहरुको बढी भिड् लाग्ने अध्यक्ष खड्काले बताउनुभयो ।

चैत्राष्टमीको अवसरमा गुठी व्यवस्थापन समितिले मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला संचालन गरेको छ । चैत २० गतेदेखि सुरु भएको मेलामा भलिबल प्रतियोगिता, लोकदोहोरी गीत प्रतियोगिता, खुल्ला छेलो फाल्ने प्रतियोगिता संचालन भएका छन् । मेला चैत २५ गतेसम्म संचालन हुने अध्यक्ष खड्काले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

सरकारी गाडीको ठक्करबाट गयो पैदल यात्रीको ज्यान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

लोकप्रिय

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङले पायो दुई मन्त्री

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने 

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

सरकारी गाडीको ठक्करबाट गयो पैदल यात्रीको ज्यान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki