Skip to content

follow us

baglungkhabar.tv

27th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्ववियू निर्वाचन : गलकोट क्याम्पसमा साहानी निर्वाचित

bk logo final png
  • बागलुङ खबर
  • ४ चैत्र २०८१, मंगलवार १९:२३

बागलुङ, ५ चैत्र । बागलुङको गलकोट बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू )को अध्यक्षमा प्रभात साहानी निर्वाचित हुनुभएको छ ।

मंगलबार दिउँसो सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी साहानीले ९९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत चुडामणी शर्माले जानकारी दिनुभयो । साहानीले नेपाल विद्यार्थी संघका रेनुका परियारले भन्दा ४१ मतान्तरले निर्वाचित हुनुभयो । नेविसंघकी परियारले ५८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सचिव र कोषाध्यक्षमा पनि अखिल क्रान्तिकारीले विजयी हासिल गरेको छ । सचिवमा अखिल क्रान्तिकारीका पवन विकले ८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी अनेरास्ववियुकी पारु घर्तीले ५९ र नेविसंघकी अंकिता न्यौपानेले १० मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै स्मृती बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँले ५९ मत प्राप्त गर्नुभएको छभने निकटतम प्रतिस्पर्धी नेविसंघका अमृत सापकोटाले ६५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सदस्यमा पनि अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका छन् । अखिल क्रान्तिकारीका निकिता साहानीले ९०, प्रमिला विकले ८८ र अजय केसीले ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

यस्तै समानुपातिक तर्फ पनि सवैभन्दा बढी मत अखिल क्रान्तिकारीले प्राप्त गरेको छ । समानुपातिक तर्फको मतगणनामा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले ८३, नेविसंघले ५१, अखिल छैठौंले १३ र अनेरास्ववियुले ४ मत प्राप्त गरेको छ । समानुपातिक तर्फ अखिल क्रान्तिकारीको ३ वटा र नेविसंघबाट २ वटा सदस्य मनोनित हुने निर्वाचन समितिले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki