Skip to content

follow us

baglungkhabar.tv

30th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

तेस्रो जेसीज कप फुटबल प्रतियोगिता भोलिदेखि

bk logo final png
  • बागलुङखबर
  • १७ फाल्गुन २०८१, शनिबार २१:१९

बागलुङ, १७ फागुन । आइतबारदेखि बागलुङमा तेस्रो जेसीज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगितामा ११ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

सामाजिक कार्यमा अग्रसर बागलुङ जेसीसले आइतबार अर्थात भोलिदेखि २४ गतेसम्म तेस्रो संस्करणको फुटबल कप आयोजना गर्न लागेको हो । युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय रहेको बागलुङ जेसीजले विभिन्न युवा केन्द्रीत तथा समाज रुपमान्तरणका कार्य गर्दै आएको छ ।

पछिल्लो समयमा युवाहरुकै आकर्षणको रुपमा रहेको फुटबल खेललाई प्रवद्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष प्रतियोगिताको आयोजना गर्ने बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितालाई फरक सन्देश दिने उद्देश्यका साथ वातावरण संरक्षणको सन्देश पनि प्रवाह गर्ने अध्यक्ष श्रेष्ठले बताए । उनले फुटबललाई वातावरण संरक्षणको विषयसँग जोड्दै ‘एक गोल, एक वृक्ष, एक खेलाडी एक वृक्ष र एक सदस्य एक वृक्ष अभियान संचालन गरिनेछ र प्रतियोगिताबाट हुने मुनाफाको केही हिस्सा वातावरण संरक्षण कार्यमा लगानी गरिने अध्यक्षले जानकारी दिए ।

प्रतियोगितामा करिव १२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार २ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ भने द्धितीय पुरस्कार १ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ ।

त्यस्तै सेमिफाईनलमा पुग्ने टिमलाई नगर १५/१५ हजार रुपैयाँ, फियर प्ले टिमलाई ५ हजार रुपैयाँ र ट्रफि, उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैँया र ट्रफि, उत्कृष्ट फरवार्डलाई ३ हजार रुपैँया र ट्रफि, उत्कृष्ट मिडफिल्डरलाई ३ हजार रुपैँया र ट्रफि, उत्कृष्ट डिफेन्डरलाई ३ हजार रुपैँया र ट्रफि, उत्कृष्ट गोलरक्षकलाई ३ हजार रुपैँया र ट्रफि तथा मेन अफ दि म्याचलाई नगद १ हजार रुपैँया र ट्रफिको व्यवस्था गरिएको बागलुङ जेसीजका महासचिव सुलभ खड्काले जानकारी दिए ।

प्रतियोगिताको क्रममा हुने सक्ने सम्भावित दुर्घटनालाई मध्यनगर गरी नेको इन्स्युरेन्सले खेलाडीको १ लाख बराबरको विमा गरिदिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले युवाहरुको आर्कषणको रुपमा रहेको फुटबल खेललाई बागलुङ जेसीजले निरन्तरता दिएको बताए ।

बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठको अध्यक्षता, महासचिव सुलभ खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

लोकप्रिय

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

भदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

भर्खरै

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki