Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

देश बचाउन राजा र जनताको साझेदारी आवश्यक छ : थापा

bk logo final png
  • बागलुङखबर
  • ९ फाल्गुन २०८१, शुक्रबार २२:१०

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री कमल थापाले देश बचाउन राजा र जनताको साझेदारी आवश्यक रहेको बताएका छन्। शुक्रबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय एकताको विषयमा राजनीतिक दलहरूको एटटै स्वर नहुँदा बाह्य शक्तिहरूले आक्रमण गर्ने गरेको बताए।

उनले विदेशीहरूको ठूलो चलखेलले देशमा आर्थिक संकट उत्पन्न भएको विषम परिस्थितिमा पनि दलहरू विभाजित भएर एकअर्कालाई आरोप प्रत्यारोपमा लाग्नु स्वभाबिक नभएको बताए। अहिलेको अवस्थामा बिपी कोइरालाको मेलमिलाप नीति अवलम्बन गर्न नसक्दा राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको उनले जिकिर गरे।

देश बचाउन राजा र जनताको साझेदारी आवश्यक रहेको उनको भनाइ छ। प्रजातन्त्र दिवसका अवसरमा राज ज्ञानेन्द्रे दिएको सकारात्मक सन्देशलाई केही नेताहरूले कटाक्ष गरेको भन्दै यो संविधानले बिचार र स्वतन्त्रताको ग्यारेन्टी गरेकोले राजाका बिचारलाई अतिक्रमण गर्न खोज्नु गलत भएको टिप्पणी गरे।

अहिले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा लाखौँ जनताहरू लागिसकेको भन्दै उहाँले राजाको मन्तव्य कसैको विरुद्ध नभएको बताए। राजालाई दोष देखाएर आफ्ना गल्तीहरू ढाकछोप गर्न खोज्नेहरूलाई अब जनताले नछाड्ने भन्दै उनले लोकतन्त्रको नाममा लुटतन्त्र गर्न कसैलाई छुट नभएको बताए।

अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुरस्थापना हुने समय आइसकेको दाबी गरे। विदेशी शक्तिहरूको प्रभाव देशमा परेकाले आफूहरू विस्थापित हुनुपरेको भन्दै उनले अब राप्रपाको एकता जरुरी भएको बताए।

Share

प्रतिक्रिया

थप समाचारहरु

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki