Skip to content

follow us

baglungkhabar.tv

24th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने : मन्त्री प्रकाशमान सिंह

bk logo final png
  • बागलुङ खबर
  • ८ माघ २०८१, मंगलवार २०:३५
कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बौल्दै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह

बागलुङ, ८ मंसिर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन ।

मंगलबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए । विगतमा जनताको गुमेको अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेको भन्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकतावद्द कांग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहले जोड दिए ।

त्यस्तै, अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि पुनः प्रष्ट पारेका छन ।

सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उहाँले सहमति अनुसार नै कांग्रेस–एमालेबिच सत्ता सहयात्रा अघि बढिरहेको दाबीसमेत गरेका छन ।

‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन्, स्थीर सरकार बनोस् भन्ने जनचाहना अनुरूप नै वर्तमान सरकार बनेको हो,’ कांग्रेस पूर्व महामन्त्रीसमेत रहेका सिंहले भने, ‘७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुन्छ ।’

कांग्रेसको स्वभाव नै सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टिभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने बताए ।

बाग्लुङमा रहँदा सिंहले बुधबार बाग्लुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा सभामा सहभागि हुनेछन भने शहरी विकास मन्त्रालयअन्तर्गतका योजनाहरूको पनि निरीक्षण गर्नेछन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नमुना शिक्षालय निर्माण गर्न दीपशिखाले महायज्ञ आयोजना गर्ने

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

लोकप्रिय

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

भर्खरै

बागलुङमा कर सप्ताह सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki