Skip to content

follow us

baglungkhabar.tv

24th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले सिरिज कब्जा

bk logo final png
  • बागलुङखबर
  • ४ कार्तिक २०८१, आईतवार १२:२४

काठमाडौं, ३ कार्तिक । अमेरिकामा जारी टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अघि नै जितेको छ ।

आइतबार बिहान भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको हो । जितसँगै नेपालले सिरिजमा एक खेल अगावै २।० ले जितेको हो ।डालसस्थित ग्राण्ड प्रेरीमा १ सय ७१ रनको लक्ष्य अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा अमेरिका पहिले ब्याटिङमा आएको थियो । अमेरिकाका आन्द्रेस गौस र सायन जाहान्गिर ब्याटिङमा आएका थिए । नेपालको तर्फबाट बलिङको जिम्मेवारी सोमपाल पाएका थिए । सुपर ओभरको पहिलो र दोस्रो बलमा समान १ रन लिएको अमेरिकाकाले त्यसपछि लगातार २ विकेट गुमायो । तेस्रो बलमा जाहान्गिर बोल्ड भए र चौथो बलमा आरोन जोन्स क्याच आउट भए ।

सुपर ओभरमा ३ रनको सामान्य लक्ष्य साथ नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए । अमेरिकाका लागि सौरभ नेत्राभाल्कर बलिङ गरेका थिए ।

पहिलो बलमा रोहितले १ रन लिएका थिए । दोस्रो बलमा कुशलले १ रन जोडेका थिए । तेस्रो रोहितले रन जोडेनन् । चौथो बलमा रोहितले १ रन लिएपछि नेपालले खेल मात्र नभई सिरिज नै जितेको थियो ।

त्यसअघि लक्ष्य पछ्याउने क्रममा अमेरिकाका लागि आन्द्रेस गौसले ४३ बलमा ६२ रन,मुककामल्लाले ४१ बलमा ४७ रन, मिलान्ड कुमार ११ बलमा १५ रन, जाहान्गिर १४ रनको योगदान गरेका थिए भने बलिङ्तर्फ नेपालका लागि करणले ३, सोमपालले २ तथा सागर र दीपेन्द्रले समान १ विकेट लिएका थिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो । नेपालका लागि कुशलले ५४ बलमा नट आउट रहँदै सर्वाधिक ९२ रन, अनिलकुमार शाह ३१ बलमा २५ रन, गुलशन झा १२ बलमा १९ रन, रोहित पौडेलले १४ बलमा १८ रन, करण १ बलमा ६ रन जोडेका थिए । बलिङ्तर्फ अमेरिकाका लागि नोस्तुश केन्जिके र जसदिप सिंहले समान २ तथा सौरभ नेत्राभाल्करले १ विकेट लिए ।

तेस्रो तथा अन्तिम टि ट्वान्टी आई सोमबार बिहान हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भीषण बाढी: तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki