Skip to content

follow us

baglungkhabar.tv

25th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अस्पतालमा धम्काउने डाक्टरलाई कार्वाही नभए स्वास्थ्य सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीहरुको चेतावनी

  • रामु जि‍‍ सी
  • १ कार्तिक २०८१, बिहीबार १४:०८

बागलुङ, १ कार्तिक । धौलागिरी अस्पताल बागलुङका प्रमुख मेसु रवि रन्जन प्रधान र अस्पताल व्यवस्थापन समितिबीचनै खटपट भइरहेको समयमा स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मीबाटै असुरक्षा भएको गुनासो गरेका छन् ।

स्वास्थ्यकर्मीहरुले अस्पताल व्यवस्थापन समिति र मेसुलाई ध्यानाकर्षण गराउदै माग सम्बोधन नभए अत्यावश्यक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका हुन् । उनीहरुले अतिरिक्त समयमा खटिएका डाक्टरमाथी उल्टै सेवा दिन नसक्ने डाक्टरले धम्काएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । धम्काउने डाक्टर नन्दन प्रसाद शाहलाई कार्वाही माग गर्दै कार्वाही नभए स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका हुन् ।

मेसुले खटाएका केही डाक्टरले दशैं विदामा काम नगरेको तथा अतिरिक्त काम गरेका डाक्टरलाई सामाजिक सञ्जाल ग्रुपमा गाली गलौज गरेकाले अन्य स्वास्थ्यकर्मीको समेत सुरक्षामाथी प्रश्न उठेको भन्दै डाक्टर किरण तिवारी सहितको १५ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र कर्मचारीले काम गर्न नसक्ने चेतावनी दिएका छन् ।

उनीहरुले स्वास्थ्यकर्मीको हस्ताक्षर समेत संकलन गरेका छन् । ध्यानाकर्षण पत्रमा अस्पतालमा कार्यरत अधिकांश स्वास्थ्यकर्मी र कर्मचारीले समेत साथ दिएका छन् ।

पछिल्लो समय धौलागिरी अस्पतालको सेवा प्रवाहका विषयमा जन गुनासो बढिरहेको छ ।

ध्यानाकर्षण पत्र :

ध्यानाकर्षण पत्र
ध्यानाकर्षण पत्र

 

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

चौथो जेसीज कप : नेपाल आर्मीको कालिजंग गणको विजयी सुरुवात

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

भर्खरै

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु -मुख्यमन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki