Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कबड्डी प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ र कालिका कन्या मन्दिर विद्यालयलाई

bk logo final png
  • बागलुङ खबर
  • ९ आश्विन २०८१, बुधबार ०८:२९
कबड्डी प्रतियोगिताको उपाधि उचाल्ने क्रममा चिल्ड्रेन लाइफ बोडिङ स्कुल र कालिका कन्या मन्दिर माध्यमिक विद्यालय
कबड्डी प्रतियोगिताको उपाधि उचाल्ने क्रममा चिल्ड्रेन लाइफ बोडिङ स्कुल र कालिका कन्या मन्दिर माध्यमिक विद्यालय

बागलुङ, ९ असोज । खुल्ला विद्यालय स्तरीय कबड्डी प्रतियोगिताको उपाधि छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्गलिस् बोडिङ स्कुल र छात्रातर्फ कालिका कन्या मन्दिर माध्यमिक विद्यालयले जितेका छन् ।

जिल्ला कबड्डी संघ बागलुङको आयोजनामा भएको प्रतियोगितामा मंगलबार फाइनल खेलमा छात्रतर्फ चिल्ड्रेन लाईफले कालिका कन्या माध्यमिक विद्यालयलाई र छात्रातर्फ कालिका कन्या माध्यमिक विद्यालयले प्रिसियस एकेडेमीलाई पराजित उपाधि जितेको चुमेका हुन् ।

छात्रतर्फको विजेता चिल्ड्रेन लाईफले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता कालिका कन्याले नगद १० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै छात्रतर्फको विजेता कालिका कन्याले नगद १० हजारसहित ट्रफी, मेडल र उपविजेता प्रिसियसले नगद ५ हजारसहित ट्रफी, मेडल प्राप्त गरेका छन् । सोमबारदेखि सुरु भएको प्रतियोगितामा छात्रतर्फ १४ विद्यालय र छात्रातर्फ १२ विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजेता र उपविजेताहरुलाई गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी, पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य ताराप्रसाद शर्मा, जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तले पुरस्कार वितरण गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सुवेदीले अध्ययनसंगै खेलकुद क्षेत्रमा पनि बिद्यार्थीहरुको उत्साह हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तको अध्यक्षता र सुरेन्द्र शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

पहिरोमा परि एक जनाको मृत्यु

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki