Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दशैँको मुखमा सिनेमाको महाभिडन्त

bk logo final png
  • बागलुङ खबर
  • ८ आश्विन २०८१, मंगलवार १२:२१

काठमाडौं, ८ असोज । हिन्दु धर्मावलम्बीको महान् चाड दशैँको संघारमा शहर पसेकाहरू गाउँ फर्किने योजना बुन्दै छन्। दशैँको चटारो घर गाउँमा शुरू नहुँदै सिनेमा हलमा भने दशैँको मुखमा सिनेमा रिलिज गर्ने र एकअर्काबीच भिड्ने पक्कापक्की भइसकेको छ।

यसै पनि नेपालमा नयाँ वर्ष, दशैँ, तिहार, माघेसंक्रान्ती जस्ता चाडपर्वमा नेपाली सिनेमाहरूको प्रदर्शनको प्रतिस्पर्धा चल्छ। किनभने चाडपर्वको सम्मुख सिनेमाले अन्य वेलाभन्दा बढी व्यापार गर्ने नेपाली फिल्म मेकरको बुझाइ छ।

यो वर्ष पनि नेपाली सिनेमाका धेरै सिनेमा जुध्ने तर्खरमा छन्। यसरी जुध्दा सबै सिनेमालाई घाटा हुने पक्कापक्की छ। किनभने दर्शक बाँडिनु व्यापारिक हिसाबले सुखद होइन।

यो वर्षको दशैँमा चार सिनेमाले नेपाली हलहरू भरिनेछन्। जसमा ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ छन्।

स्वस्तिमा खड्काले निर्माण गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनमा रिलिज हुँदैछ भने दीपकदीपाको ‘छक्का पञ्जा ५’, नायक विराज भट्टको ‘१२ गाउँ’ र जितु नेपालको ‘ज्वाइँ साब’ फूलपातीमा एकसाथ भिड्ने छन्। यी तीनमा कसले बाजी मार्ला त्यो हेर्न दशैँ कुर्नै पर्छ।

अब कुरा गरौँ सिनेमाको

बेहुली फ्रम मैघौली

अन्य तीन सिनेमाभन्दा अघि ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन हुनेछ। घटस्थापनामा रिलिज हुने यस सिनेमा विशेष गरेर विवाहको कथावस्तुलाई आधार मानेर निर्माण भएको छ।

सिनेमाको निर्मात्री रहेकी स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, टीका पहारी र बसुन्धरा भुसाल लगायतको अभिनय छ।

यो सिनेमामा समावेश गीत ‘छड्के सलाम’ बोलको गीत निकै चर्चामा छ। उक्त गीतले सिनेमाको व्यापारमा कस्तो प्रभाव पार्ला हेर्न बाँकी नै छ। सिनेमालाई साजन काफ्ले र आकाश बरालले लेखेका हुन्। निर्देशन पनि उनीहरूको नै छ।

छक्का पञ्जा ५

चर्चित फिल्म छक्का पञ्जाको सिरिजलाई निरन्तरता दिँदै दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा छक्का पञ्जा(५ रिलिज हुँदैछ। यसअगाडिका सिनेमाले राम्रो ‘हाइप’ लिएपछि यो टीम आफ्नो सिनेमा चल्नेमा ढुक्क छ। अहिले रिलिज भएका दुई गीत ‘बिहे भएको छैन’र ‘ब्रेकअप’ गीत चौतर्फी आलोचना र चर्चामा रहेको छ। यी गीतले सिनेमाको व्यापारमा कस्तो व्यापार गर्ला त्यो भने प्रदर्शन मिति कुर्नै पर्छ।

दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ५’ दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी र मेक्सम गौडेल लगायतको अभिनय छ भने फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ छन्।

१२ गाउँ

कुनै समय नेपाली सिनेक्षेत्रमा ​राज गरेका विराज भट्टको सिनेमा ‘१२ गाउँ’ यतिवेला चर्चा छ। सिनेमालाई भट्टको निर्माण तथा निर्देशन गरेका हुन्। उनले आफ्नो छोरा समीर भट्टलाई यस सिनेमाबाट ‘डेब्यू’ गराएका छन्। अहिले सिनेमाको ‘सिनेमा हेर्न जाउँ’ भन्ने गीत चर्चामा छ। विराजले छोरालाई कस्तो रूपमा प्रस्तुत गरेका छन्रु चासोको विषय बनेको छ। सिनेमामा भट्टका अलावा न्यान्सी खड्का, सनिशा मुरलीधर, कनिज कोइराला, नरेन खड्का र दिया मास्के लगायतको अभिनय छ।

‘ज्वाइँ साब’

दीपक(दीपाको टिममा रहेका जितु नेपाल यतिबेला ‘ज्वाइँ साब’बाट पुनस् चर्चामा छन्। छक्का पञ्जामा सिरिजमा नछुट्ने नेपाल अहिले भने बेग्लै सिनेमामार्फत छक्का पञ्जा समूहसँग भिड्न लागेका हुन्।

सिनेमामा रहेको ‘कसम बत्तीको’ गीत यतिवेला खुबै चर्चामा छ। धेरै दर्शकले मन पराएका छन्। सिनेमामा नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डे लगायतको मुख्य भूमिका छ।

सिनेमाको निर्देशन वसन्त निरौलाले गरेका हुन्। ‘ज्वाइँ साब’ रेड आई फिल्मसको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा फिल्म निर्माण भएको हो। प्रस्तुतकर्ता राजकुमार पण्डित हुन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki