Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कृषि कर्ममा रमाँउदै रातमाटाका सापकोटा

bk logo final png
  • बागलुङ खबर
  • ८ आश्विन २०८१, मंगलवार ०७:४८
कृषि कर्ममा रमाँउदै गरेका रातमाटाका बैकुण्ठ सापकोटा
कृषि कर्ममा रमाँउदै गरेका रातमाटाका बैकुण्ठ सापकोटा

सुजन रेग्मी
बागलुङ ७ असोज । बागलुङ नगरपालिका–३ रातमाटाका बैकुण्ठ सापकोटा उमेरले ५० वर्ष पुगेता पनि कृषि पेशामा रमाउदैँ आएका छन् ।
सापकोटा बिहान सबेरै उठेर साँझ अवेरसम्म कृषि कर्मलाई निरन्तरता दिनछन् ।

उनी कतिखेर लोकल कुखुरालाई दाना, पानी र घाँस हाल्ने त कतिखेर टनेल भित्रका काँक्रा र तरकारीको स्याहार गर्ने त कतिबेला आफूले लगाएको अकबरे खुर्सानी र कागतिको रेखदेखमा व्यस्त । यसरी कृषि क्षेत्रमा निरन्तर लाग्नुमा आफूमा भएको कृषि प्रतिको ईच्छाशक्ति भएको उनले बताउँछन् ।

उनले करिब ५ रोपनी जग्गामा काँक्रा, तरकारी, कागतिसँगै अकबरे खुर्सानी लगाएका छन् भने लोकल कुखुराले त उनलाई झनै परिचित बनाएको छ । २०७३ सालदेखि कृषि कर्ममा लागेका सापकोटा कृषि फर्म सञ्चालनमा ल्याएका हुन् । फर्ममा २५० वटा लोकल कुुखुरा रहेका छन् । कुखुरा बिक्रिको लागि कुनै समस्या नभएको उनी बताउँछन् ।

‘सुरुमा त कुखुुरा बिक्रि गर्न गाह्रो थियो, अण्डापनि जाँदैनथ्यो तर अहिलेभने त्यो समस्या छैन ।’ उनी भन्छन्–‘बागलुङ बजार, म्याग्दी र पर्वतसम्म लोकल कुखुरा बिक्रि हुन्छ ।’एउटा भालेको मुल्य २ हजार ५ सय रुपैयाँभन्दा माथि पर्ने उनको भनाई छ ।

काठमाण्डौबाट कुखुराको चल्ला ल्याएर सुरु गरेका उनले आफ्नै ह्याचरी समेत राखेका छन् । अहिले तिनै ह्याचरीबाट उत्पादित चल्ला हुर्काएर बिक्रि गर्दै आएका छन् ।

उनी कृषि क्षेत्रमा लाग्नुभन्दा पहिले गैरसरकारी संस्थामा कार्यरत थिए ।

‘लामो समय गैरसरकारी संस्थामा काम गरियो त्यसपछि अहिले कृषिमा लागेको छु ।’ उनी भन्छन ‘सबैभन्दा ठूलो कुरा म सन्तुष्ट छु ।’

उनले गैरसरकारी संस्थामा काम गर्नु अघि पनि बोइलर कुखुरा पालेका थिए । २०४७ सालमा कुखुरा पालेका उनले त्यो छोडेर जागिरमा लागेका बताए ।
उनले कुखुरा पालन लगायत कृषिबाट मासिक ३० हजार रुपैयाँ कमाउने गरेको बताए ।

कुखुरा पालन सहित कृषिमा रमाइरहेका उनले लोकल कुखुरा पाल्न चाहनेले कुखुराको चल्ला छनोटमा ध्यान दिनु पर्ने बताए ।

‘कुखुरा पालनबाट राम्रो आम्दानी गर्ने हो भने केही कुरामा ध्यान दिनुपर्छ ।’ उनी भन्छन्–पहिलो कुरा चल्ला छनोटमा ध्यान दिनुपर्छ, दाना भन्दा बढि घाँस खुवाउनु पर्छ अनि संरचना निर्माणमा धेरै खर्च गरिनु हुँदैन ।’ त्योसँगै फोहोर व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।

दाना कम खुवाएर घाँस बढि खुवाउँदा खर्च कम हुने र आम्दानी बढ्ने उनको भनाई छ ।

उनको परिवारमा बाबा, आमा, श्रीमती र छोराछोरी छन् । छोराभने काठमाण्डौमा बसोबास गर्दै आएका छन् । कुखुरा पालन छोराको रुची रहेको उनको भनाई छ ।

राम्रो आम्दानीको लागि अनुदानको आशा समेत गर्न नहुने उनको सुझाव छ ।

‘अनुदानको आशा राखेर गर्नेले राम्रो गर्दैन ।’ उनी भन्छन–‘कृषि गर्न त मनदेखि नै इच्छा हुनुपर्छ त्यसले मात्र गर्न सक्छ ।’ कृषिमै काम गर्न इच्छा राख्नेहरुमा धैर्यता पनि चाहिने उनको भनाई छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki