Skip to content

follow us

baglungkhabar.tv

4th May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मिना परियार हत्या मुद्दाका सबै प्रतिवादीहरु पुर्पक्षका लागि थुनामा

bk logo final png
  • बागलुङ खबर
  • २६ भाद्र २०८१, बुधबार २०:१९
मिना परियारको न्यायका लागि गरिएको जनप्रदर्शन
मिना परियारको न्यायका लागि गरिएको जनप्रदर्शन

म्याग्दी, २६ भदौ । म्याग्दीको बेनी नगरपालिका-९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक आदेशबाट उनीहरूलाई थुनाका लागि कारागार चलान गरिएको हो ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राखेर अनुसन्धान गर्न आदेश गरेको म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताए ।

अदालतको आदेशानुसार मिनाका प्रेमी भनिएका राम खत्री, रामकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाई रोजन खत्री र सोही ठाउँका आफन्त श्याम खत्रीलाई थुनाका लागि म्याग्दी जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गर्भवती मिनाको हत्या गरी शव गाडेको अभियोगमा उनीहरूविरुद्ध यही भदौ २१ गते सरकारी वकिल कार्यालयमार्फत मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ अनुसार माग दाबी गरी ज्यानसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता भएको थियो ।

आठ महिनादेखि बेपत्ता रही गत २७ गते जङ्गलमा गाडेको अवस्थामा फेला परेको शव परिवारले सनाखत गरेपछि परेको किटानी जाहेरीअनुसार अनुसन्धान हुँदा अभियुक्तले बयानमा हत्या स्वीकार गरेको र प्रमाणको आधारमा सरकारी वकिल कार्यालयमार्फत ज्यानसम्बन्धी कसुरमा अदालतमा अभियोग दर्ता भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

विसं २०८० पुस १६ गतेबाट बेपत्ता भएकी परियारको शव गत साउन २७ गते जङ्गलमा गंगटा खोज्ने क्रममा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

गिठिनी जङ्गलमा फेला परेको शवसँगै भेटिएको सुनको सिक्री, कालो सल, चप्पल र कपडाबाट उक्त शव करिब आठ महिनादेखि बेपत्ता १९ वर्षीय मिनाकै भएको भन्दै परिवारले सनाखत गरेका थिए । मृतक बुबालेगत साउन ३० गते प्रेमी भनिएका छिमेकी २१ वर्षीय राम, निजकी आमा, दाई, भाई र सालासमेत गरी पाँच जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दायर गरेका थिए ।

तोरीपानीको गलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ अध्ययनरत परियार र खत्री बीच प्रेम सम्बन्ध भइ पटकपटक यौन सम्पर्कबाट मिनाको छ महिनाको गर्भ रहेको खुलेपछि रामले पटकपटक उक्त गर्भपतन गर्न दबाव दिएको फेसबुक म्यासेन्जरबाट खुलेको थियो ।

हत्याका मुख्य अभियुक्त खत्री यसअघि विसं २०७६ फागुनमा बेनी नगरपालिका–५ पुलाडाँडामा भएको घटनामा ज्यान मार्ने उद्योगमा ४२ दिन हिरासत बसेर नाबालक भएकाले हिरासतमुक्त भएको प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सल्यानमा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

जेसीज कप: बागलुङ सुधार केन्द्र र गहते युवा क्लब उपाधिका लागि भीड्ने

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

भर्खरै

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ढोरपाटन नगरपालिकाले ४८ जना कृषकलाइ दियो यान्त्रिक हलो

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki