Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अस्ट्रेलियाको तास्मानियामा नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि

  • ३० श्रावण २०७७, शुक्रबार १८:०७

तास्मानिया । करिब ५ वर्ष पहिला अस्ट्रेलियाको ग्रामीण राज्य तास्मानियाको लच्नेस्टनमा नेपाली युवा मित्र गुरुङ आउँदा यो क्षेत्रमा नेपालीहरुको संख्या गन्न सकिने थियो । बाटोमा नेपाली मूलका केही मानिसहरु भेट्दा पनि उनी खुसी हुन्थे रे ।

उनलाई मात्र होइन, करिब ३ वर्ष अगाडि लन्चेस्टन आएका विश्व खनालको पनि यही अनुभव छ । सुरुसुरुमा लन्चेस्टनमा अलिअलि नेपालीहरु पनि छन् है भन्दा उनीहरुसँग परिचय गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।

तर अहिले भने समय भिन्नै छ । लन्चेस्टनमा भएका नेपालीहरुको संख्या हातमा गन्न सकिने बेलाका उनीहरुलाई अहिले यहाँका गल्ली गल्लीमा नेपालीहरु देख्दा उनीहरुकै भाषामा खुसीभन्दा अचम्म लाग्छ ।

‘लन्चेस्टनमा हामी आउँदा कोही नेपाली थिएनन, अहिले काठमाडौंको पुतलीसडक जस्तै भइसक्यो,’ गुरुङ भन्छन्, ‘कहिलेकाही त आँफै नेपालमै पो छु कि जस्तो भान हुन्छ ।’

किन बढे तास्मानियामा नेपाली

तास्मानियाको राजधानी होबार्टसहित डेभनपोर्ट र लन्चेस्टनलगायतका क्षेत्रहरुमा पछिल्लो समयमा नेपालीहरुको संख्यामा वृद्धि भइरहेको छ । यद्यपि हाल कोरोना भाइरसको महामारीले गर्दा भने बसाइ सर्नेहरुको संख्यामा कमी आएको छ ।

हुन त संसारका जुनसुकै कुनामा पनि नेपालीहरुको उपस्थिति भएको सुन्न पाइन्छ । तर लन्चेस्टनमा पछिल्लो समयमा नेपालीहरुको उल्लेख्य उपस्थिति हुनुले धेरैलाई अचम्मित तुल्याएको छ ।

गत वर्ष अस्ट्रेलियन सरकारले ग्रामीण क्षेत्रमा बसोबास गरी उक्त क्षेत्रको अर्थतन्त्रमा निरन्तर योगदान दिन सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई स्थायी भिसा दिने नियम ल्याएपछि तास्मानिया राज्यको लन्चेस्टनमा नेपालीहरुको संख्या ह्वात्तै बढेको देखिन्छ ।

कति अवधिमा कति कति नेपालीहरु लन्चेस्टन प्रवेश गरे भन्ने यकिन तथ्यांक नभए पनि गत ४/५ महिनाको अवधिमा करिब एक हजार नेपाली विद्यार्थीहरु तास्मानिया आएका छन् ।

‘सिड्नी, मेल्बर्नमा बसेर पीआर नआउने भयो क्यारे, त्यही भएर हामी यहाँ आएका हौं,’ लन्चेस्टनको एक डिपार्टमेन्टल स्टोरमा भेटिएका तीन नेपाली युवतीहरुले एकैचोटी हाँस्दै भने ।

गत वर्ष सिड्नी, मेल्बर्न र एडिलेडलगायतका ठूला सहरहरुमा मानिसको चाप कम गर्ने उद्देश्यले गतवर्ष अस्ट्रेलियन सरकारले नयाँ ग्रामीण भिसाको नियम लागू गरेको थियो ।

सोही नियमअनुसार सहरमा बसेर स्थायी बसोबासको ठेगान नहुने भएपछि अन्तर्रास्ट्रिय विद्यार्थीहरु लगायत नेपालीहरु पनि ग्रामीण क्षेत्रमा बसाइ सरेको माइग्रेसन एजेण्टहरुको भनाइ छ ।

‘अन्य ठाउँको तुलनामा तास्मानियामा आएपछि अस्ट्रेलियामा पीआर पाउन सजिलो छ, त्यही सुविधाले तास्मानियामा अन्तर्रास्ट्रिय विद्यार्थीहरुको संख्यामा वृद्धि आएको हो,’ एक माइग्रेसन एजेण्टले भने ।

यद्यपl लन्चेस्टनमा नेपालीहरुको यकिन तथ्यांक भने कसैसँग छैन ।

लन्चेस्टनमा युवाहरुको फुटबल क्लब गठन

सोही नियमअनुसार लन्चेस्टन बसाइ सरेका नेपाली युवाहरुलाई समेटेर लन्चेस्टन नेप्लिज सकर क्लबको गठन गरिएको छ । महेन्द्रकुमार खड्काको अध्यक्षतामा गठित उक्त क्लब स्थानीय काउन्सिलमा दर्तासमेत भइसकेको छ ।

उक्त क्लबको उपाध्यक्षमा आकाश शर्मा, सचिवमा सन्तोष आचार्य, ट्रेजरमा मित्र गुरुङ रहेका छन् । सदस्यहरुमा ज्ञानेन्द्र गौतम, बिक्रम मिश्र, राजु बकबाल, नवराज दर्लामी, राकेश थापा, निर्मल राना र मुक्ति सापकोटा रहेका छन् ।

क्लब गठन गरेको करिब एक महिनाको अवधिमा उक्त क्लबमा खेल्ने खेलाडीहरुसहितको मेम्बरसिप संख्या करिब ५० जना रहेको सचिव सन्तोष आचार्यले बताए । उनका अनुसार क्लबमा आवद्ध हुन चाहनेहरुको संख्या दिनानुदिन बढ्दो छ ।

soc: onlinekhabar

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki