Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ग्रेस इन्टरनेसनल बागलुङको ग्रीट एण्ड मीट कार्यक्रम सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • २९ असार २०८१, शुक्रबार २०:५३

बागलुङ , २८ असार । ग्रेस इन्टरनेशनल बागलुङ शाखाले शुक्रबार नेपालका चर्चित क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीसँग ‘मिट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न गरेको छ ।

विश्वकप खेलेर भर्खरै फर्केका व्याट्सम्यान समेत रहेका ऐरीको व्यक्तिगत र खेल जीवनबारे खुला सवालजवाफ भएको थियो । उनले शुक्रबार विद्यार्थी, खेलाडी र खेल क्षेत्रका सरोकारवालाहरु बिच आफ्नो अनुभव पनि साटेका हुन । उक्त अवसरमा म्याग्दी, पर्वत र बागलुङका क्रिकेट संघ, विद्यालयका खेल टिम र खेलाडीलाई व्याट, जर्सी र अन्य सामाग्री वितरण गरेका थिए ।

कार्यक्रममा ऐरीसँग फोटो खिचाउन खचाखच मानिसहरु उपस्थित भएका थिए । साथै, उनले ग्रेस इन्टरनेशलन सँगको सहकार्यमा वितरण गरेको बाहेक खेलाडीहरुले ल्याएका जर्र्सी र व्याटमा अटोग्राफ पनि दिएका थिए ।

उनले निरन्तरको मेहेनतले आँफू यो स्थानमा आइपुगेको बताएका थिए । तर जब विश्वकपको अनुभव साट्ने बेला आयो, तब ऐरीले केही नर्मस हुँदै कमीकमजोरी स्विकारे । साथै, सानो अंकले हार व्यहोर्नुपर्दा सबै खेलाडी, कोच र अफिसियलहरु नर्मस भएको ऐरीले बताए । ‘केही समय त हामी चेन्ज रुममा फर्केर एकआपसमा पनि बोल्नै सकेनौं’ उनले भने, ‘अब के गर्ने, कसलाई के भन्ने भनेर निरास पनि भयौं ।’ उनले आगामी दिनका खेलका लागि केही सिकाइ लिएर फर्केको पनि बताए ।

उनले पटक पटक विश्वकप खेलेका देशसँग जित्ने कुरा जटिल थियो, तर अप्रत्यासित हार आइपरेको बताए । कतिपय खेल जितेसरह भएर पनि परिणाममा हात नपरेकोले आगामी खेलका लागि केही आइडिया सिकेर फर्केको समेत बताए ।

कार्यक्रममा म्याग्दी र बागलुङ क्रिकेट संघ, बागलुङ बजारमा रहेका विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरुको सहभागिता थियो । कार्यक्रममा ऐरीसँग फोटो खिचाउन खचाखच मानिसहरु उपस्थित भएका थिए ।

कार्यक्रममा ऐरीले पर्वतका केही विद्यार्थीलाई पनि जर्र्सी उपहार दिएका थिए । ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बस्डरको रुपमा ऐरीले काम गर्दे आएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki