Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अलराउन्डर दिपेन्द्रसिंह ऐरी बागलुङ आउने

bk logo final png
  • बागलुङखबर
  • २६ असार २०८१, मंगलवार १६:२६

बागलुङ, २५ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर खेलाडी दिपेन्द्रसिंह ऐरी बागलुङ आउने भएका छन् ।

ग्रेस इन्टरनेशनल बागलुङ शाखाको आयोजनामा असार २८ गते शुक्रबारका दिन ऐरी बागलुङ आउने भएका हुन् । बागलुङ शाखाले मंगलबार पत्रकार सम्मेलन गरेर क्रिकेटर दिपेन्द्रसिंह ऐरी शुक्रबार बागलुङ आउने जानकारी दिएको छ ।

ग्रेस इन्टरनेशनल बागलुङ शाखाका प्रमुख ओमकार पौडेलले क्रिकेटर ऐरीले बागलुङका खेलाडीहरुलाई क्रिकेटको किट्सहरु वितरण गर्ने र खेलाडी तथा पत्रकारहरुसँग अन्तरक्रिया गर्ने बताउनुभयो । ‘ग्रेस इन्टरनेशनलको सहयोगमा ऐरीले बागलुङका १० जना उत्कृष्ट खेलाडीलाई क्रिकेट ब्याट वितरण गर्नुहुन्छ,’ प्रमुख पौडेलले भन्नुभयो,‘बागलुङ क्रिकेट लिगको विजेता (बागलुङ क्रिकेट क्लब) टिमका खेलाडीलाई जर्सि, हेलमेट, प्याड लगायत क्रिकेटको किट्सहरु वितरण गरिने छ ।’

शुक्रबार नै विद्यार्थी, बागलुङका क्रिकेट खेलाडी, खेल संघका पदाधिकारी तथा सदस्यहरु र पत्रकारहरुसँग पनि ऐरीले अन्तरसंवाद गर्ने प्रमुख पौडेलले बताउनुभयो । उहाँले नेपालले भर्खरै विश्वकप क्रिकेटमा सहभागिता जनाएर फर्किएकोले ऐरीसँग अनुभव आदानप्रदान गर्ने र क्रिकेटको बारेमा सहभागीहरुले प्रश्न सोध्न सक्ने बताउनुभयो ।

ऐरी ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बेसेडर समेत रहेका छन्।

ग्रेस इन्टरनेशनलले अमेरिका, अष्ट्रेलिया, क्यानडा न्युजिल्याण्ड र बेलायत लगायतका देशमा अध्ययन गर्ने विद्यार्थीको तयारी गराउने गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki