Skip to content

follow us

baglungkhabar.tv

31st May 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्वास्थ्य कार्यालयले बागलुङले गर्यो वार्षिक समीक्षा कार्यक्रम

bk logo final png
  • बागलुङखबर
  • २५ असार २०८१, सोमबार ०९:४६

बागलुङ, २४ असार । स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्षमा ०८०।८१ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा कार्यालय प्रमुख बाबुराम आचार्यले भौतिक रुपमा ९२ प्रतिशत र आर्थिक रुपमा ७२ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०।८१ मा सम्पादन गरेको कार्यहरू सम्बन्धि पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै आचार्यले क्षयरोग विरुद्द सचेतना कार्यक्रम र परीक्षण शिविर सम्पन्न भएको थियो ।

साथै १४ वर्षसम्मका ३७ हजार ६ सय ४६ जना किशोरीहरुलाई आइरन चक्की खुवाईएको थियो । क्षयरोगको खोजीमा सक्रियता बढाउँदा अघिल्लो वर्ष १ हजार ८ सय ६ जना नयाँ रोगि भएकोमा यस वर्ष १ सय १३ जना रोगी पत्ता लगाई उपचारमा संलग्न गरिएको छ।

अघिल्लो आर्थिक वर्षमा १२ जना कुष्ठरोगका विरामीहरुको संख्यामा रहेकोमा यस वर्ष ५ जना नयाँ रोगीहरु पत्ता लागेको र उपचार भइरहेको समेत जानकारी गराइएको छ।

एक वर्षको अवधिमा २३ वटा स्वास्थ्य चौकीको न्युनतम स्वास्थ्य सेवा मापन गरिएको, १७ हजार बढी बालबालिकालाई पूर्ण खोप पुगेको, कोही नछुटेको आधारमा जिल्लालाई नै पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सफल भएको आचार्यले जानकारी दिनुभयो ।

नसर्ने रोगहरुको खोजी, उपचार लगायतका कामसहित सबै स्वास्थ्य संस्थालाई डिजिटल बनाइएको छ । महिला स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्यकर्मी समेतलाई रोग विरुद्धको अभियानमा अभिमूखीकरण गरिएको र नयाँ रोगबारे तालिम दिइएको समेत जानकारी गराइएको थियो ।

जिल्ला भरका २ सय ३६ खानेपानीका मुहानको गुणस्तर नमुना परीक्षण भएको समेत आचार्यले जानकारी दिनु भयो । कार्यक्रममा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले डेंगीको बारे जानकारी दिनु भयो । । चालु वर्षभर डेंगी विरुद्दको अभियान संचालन गरेको बताउदै सबै मिलेर लाग्दा मात्रै नियन्त्रण गर्न सकिने भएकोले सरसफाइ अभियानमा साथ दिन सबैलाई आग्रह गर्नु भयो ।

बागलुङमा पनि ४ सय १८ जनामा डेंगी संक्रमण भएकोले सुरक्षित हुन आवश्यक रहेको बताउनु भयो। डेंगी लागेपछि उपचारबाट निको भएपनि निकै पीडा हुने धौलागिरि अस्पतालका मेडिकल अधिकृत डा। नकुल रेग्मीले बताउनु भयो । डेंगी लाग्दा वाकवाकी हुने, डाबर आउने, कलेजो सुनिने जस्ता लक्षणबारे देखा पर्ने डा रेग्मीले जानकारी दिनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बागलुङको पश्चिम ढोरपाटन क्षेत्र मनाङ जिल्ला भन्दा ठूलो हुनुका साथै जनसंख्या पनि धेरै भएको कारणले त्यस ठाउँमा स्वास्थ्यको पहुँच राम्रोसँग पुर्‍याउन जरुरी रहेको धारण राख्नु भयो ।

बागलुङमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले अहिले देखा परिरहेको मानसिक समस्या लाई राम्रोसँग समाधान गर्नको लागि सबैको भूमिका महत्त्वपूर्ण हुने हुँदा यसबारे सचेत हुनुपर्ने र अहिले मानसिक रोगीलाई मान्छे नै हैन भन्ने जुन खालको अवस्था सृजना भएको छ यसलाई चिर्न जरुरी रहेको बताउनु भयो ।

कार्यक्रम स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्यको अध्यक्षता र सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

बागलुङ बजारमा हाइमाष्ट बत्ती जडान

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

भर्खरै

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki