Skip to content

follow us

baglungkhabar.tv

13th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता आजदेखि बागलुङमा सुरु

bk logo final png
  • बागलुङखबर
  • २० असार २०८१, बुधबार ०७:५२

बागलुङ, १८ असार । गण्डकी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति बागलुङको व्यवस्थापनमा भोली (बुधबार)देखि बागलुङमा प्रदेश स्तरीय महिला/पुरुष व्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

जिल्ला खेलकुद विकास समिति बागलुङले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाले सहभागीता जनाउने बताउनुभयो । उहाँले कास्कीबाट ४ पुरुष र २ महिला तथा बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ, स्याङ्जा, मनाङ, लमजुङ, तनहुँ, गोरखा र नवलपुरबाट समान ३ पुरुष र २ महिला खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने बताउनुभयो ।

प्रतियोगिताबाट आगामी मंसिर महिनामा कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशबाट सहभागिता जनाउने ७ पुरुष र ५ महिला खेलाडी छनौट गरिने छ । व्याडमिन्टनमा ५ इभेन्टको प्रतिस्पर्धा हुनेभएपनि प्रतियोगितामा महिला र पुरुष सिङ्गल इभेन्टका मात्र खेल हुने बागलुङ व्याडमिन्टन संघका अध्यक्ष राजिन खड्काले बताए ।

जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष खड्काले प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र १२ काश्य पदकको लागि प्रतिस्पर्धा हुने बताउनुभयो । प्रतियोगिता आज र भोलि संचालन हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय फिर्ता लिन माग

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

भर्खरै

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki