Skip to content

follow us

baglungkhabar.tv

24th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पलले भिडियोको सुटिङ नगर्ने, अरु कुन–कुन टिमले रोके काम ?

  • ३० श्रावण २०७७, शुक्रबार १७:५०

लुजडाउन भएसँगै म्यूजिक भिडियोमा काम गर्ने पहिलो मोडल हुन् नायक पल शाह । उनले गायक तथा भिडियो निर्देशक सरोज ओलीको टिमसँग मिलेर ‘ए है माया’ बोलको गीतको म्यूजिक भिडियोमा काम गरे । यसपछि पल निरन्तर भिडियोको काममा व्यस्त छन् । सरोजले पनि ३ वटा गीत सार्वजनिक गरिसकेका छन् ।

सरकारले लकडाउन सकिएको घोषणा गरेसँगै भिडियो छायांकनको काम तिव्र भैरहेको छ । तर, केही दिनयता देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । योसँगै म्यूजिक भिडियोको छायांकनमा पनि जोखिम उत्पन्न भएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले आवातजावातमा कडाई गरेको छ । योसँगै भिडियो छायांकनका काम पनि रोकिन थालेका छन् ।

निर्माता, गायक तथा निर्देशक सरोज ओलीले कोरोना संक्रमणको अवस्था कम नभएसम्म अब भिडियो छायांकन नगर्ने बताए । उनले भने–‘मेरो टिमको साथमा गायक टंक वुढाथोकी र कार्टुन क्रुले नयाँ भिडियोको काम रोकेका छौं । हाम्रो छायांकन भैसकेको गीत त रिलिज हुन्छ, तर नयाँ काम अब बन्द गरेका छौं ।’ ओलीका अनुसार आधा दर्जन भन्दा बढी गीत उनको पाइपलानमा थिए ।

यस्तै, नायक पल शाहले पनि आफूले बचन दिइसकेका र लोकेशन समेत पक्का भैसकेका गीतको छायांकन गर्ने तर नयाँ काम स्विकार नगर्ने बताए । उनले भने–‘मैले ३ वटा भिडियोको छायांकन गर्नुछ । निर्माण टिमले सबै तयारी पुरा गरिसकेकाले सुरक्षाको सबै विधी अपनाएर काम गर्छु । तर, नयाँ कामको जिम्मा भने अब एक महिना लिन्नँ ।’

काठमाण्डौमा म्यूजिक भिडियो छायांकनका क्रममा कुनै सुरक्षाको विधी अपनाइएको छैन । यसैले, भिडियो छायांकन झनै जोखिम बन्दै गएको छ । यस्तो अवस्थामा भिडियो निर्र्माणमा अगाडि रहेका टिमले धमाधम छायांकन रोक्ने निर्णय गर्न थालेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

कुलमान घिसिङले दिए पदबाट राजीनामा

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki