Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पढाइ सँगसँगै तरकारी खेती गर्दै दीपशिखाका विद्यार्थीहरु

bk logo final png
  • बागलुङखबर
  • २० जेष्ठ २०८१, आईतवार १८:१०

म्याग्दी, २० जेठ । म्याग्दीको मंगला गाउँपालिका –१ मा अवस्थित रहेको दीपशिखा माध्यमिक विद्यालयले तरकारी खेती गर्ने काम सुरुवात गरेको छ ।

विद्यालयले आफ्नो १ रोपनी ७ आना जग्गामा तरकारी खेती गर्नका लागि झाँडी सफा गर्ने, खनजोत गर्ने र मल बोक्ने जस्ता काम सम्पन्न गरेको छ । अब तरकारीका बिरुवा लगाउने काम मात्र बाँकी रहेको छ ।

आइतबार बिहान विद्यार्थी तथा फोरेष्टी क्लबकी अध्यक्ष सुस्मिता वि.क साथीहरुसँग विद्यालयसँगै रहेको तरकारीबारीमा व्यस्त रहेकी थिइन् । पढाइ सँगसँगै तरकारी खेती गर्नका लागि विद्यालयले जग्गा उपलब्ध गराएपछि खाली रहेको जग्गालाई सदुपयोग गरेर तरकारी खेती गर्न शुरु गर्न गरिएको क्लबकी अध्यक्ष विकले बताइन् । ‘हाम्रो यस कार्यलाई विद्यालयका शिक्षकहरुले पनि सघाउनुभएको छ । अब हामीले यहाँ खाली रहेको जग्गालाई सदुपयोग गरी कृषि उत्पादनमा जोड दिन्छौ ।’ विकले भनिन् ।

विद्यार्थीलाई पिस क्रप्सका प्रतिनिधिले प्राविधिक तालिम पनि दिइरहेको विद्यालयका प्रधानाध्यापक नन्द बहादुर खत्रीले बताए । ‘उनले अहिले हामीले परीक्षणका रुपमा केही जग्गा उपलब्ध गराएका छौ, उत्पादन राम्रो भएमा हामीले विद्यालयमा छलफल गरेर थप जग्गा पनि उपलब्ध गराउनेछौँ । यदि सोचेजस्तो राम्रो उत्पादन भएमा दिवा खाजाको रुपमा समेत प्रयोग गर्छौ’ खत्रीको भने ।

विद्यार्थीलाई प्रयोगात्मक तथा व्यवहारिक सिकाइतर्फ केन्द्रित गर्नु र आफूलाई आवश्यक पर्ने तरकारी आफ्नै खेतबारीमा उत्पादन गरेर स्वावलम्बी बन्नु यस कार्यको उद्देश्य रहेको विद्यालयका सहायक प्रधानाध्यापक हरिकृष्ण उपाध्यायको भनाइ रहेको थियो ।

विद्यालयको यस कार्यलाई सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकले प्रशंसा गरेका छन् । पढाइ सँगसँगै व्यवहारिक रुपमा खेती गर्न पाएकोमा सम्पूर्ण विद्यार्थीहरु पनि खुसी भएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

वर्तमान राजनितिक अवस्था र संविधान संशोधन विषयक अन्तरक्रिया

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

सिवाईसी साकोसको इलाकास्तरीय बैठक बेनीमा सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki