Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष केसी हटाइए

  • ३० श्रावण २०७७, शुक्रबार १७:४१

३० साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले कोषाध्यक्ष ओमबहादुर केसीलाई पदबाट हटाएको छ । साउन २६ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले केसीलाई कोषाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हटाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी केसीको ठाउँमा सचिव हिमलाल पुरीलाई चयन गरेको जानकारी दिएका छन् । त्यसपछि रिक्त भएको सचिव र सचिवालय सदस्य पदमा डम्मर पुरीलाई चयन गरेको छ ।

राष्ट्रिय जनमोर्चाले आफूले जितेका वा प्रतिनिधित्व गरेका गाउँपालिका, नगरपालिका तथा जिल्लाको कार्यको मूल्यांकन र अनुगमन गर्न नेताहरुलाई खटाएको छ । बागलुङ जिल्लाको बरेङ गाउँपालिका तथा गुग्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाका भैरव रेग्मी, प्यूठान जिल्लाको झिमरुक गाउँपालिका तथा मल्लरानी गाउँपालिकाका लागि हिमलाल पुरी, स्वर्गद्वारी तथा ऐरावती गाउँपालिकाका वडाहरुका लागि मनोज भट्ट र अर्घाखाँची तथा नवलपुर जिल्लाका वडाहरुका लागि सुरेश थापालाई जिम्मा दिएको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय जनमोर्चाले कोरोना महामारी नियन्त्रणमा सरकारको पहल अपर्याप्त देखिएको भन्दै भारतको बिहार र उत्तर प्रदेशबाट अनियमित तरिकाले भइरहेको आवतजावत रोक्न, तेस्रो मुलुकमा अलपत्र परेका र रोजगारी गुमाएका नेपालीहरुलाई देशमा ल्याउन, पीसिआर परीक्षण, औषधि उपकरण, उपचार, आइसोलेसन र क्वारेन्टिइनको राम्रो र पर्याप्त व्यवस्था गर्न माग गरेको छ ।

राजमोले बिहीबार राति सिन्धुपाल्चोक र कालीकोटमा पहिरोका कारण जनधनको क्षति भएकामा दुख व्यक्त गरेको छ । बेपत्ताको खोजी, घाइतेको उद्धार प्रभावित परिवारलाई राहतको उचित व्यवस्था गर्न पनि माग गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki