Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रथम आदर्श कप फुटबल प्रतियोगिता आजबाट सुरु

bk logo final png
  • बागलुङखबर
  • १३ जेष्ठ २०८१, आईतवार २२:२६

बागलुङ, १३ जेठ । बागलुङमा आईतबारदेखि प्रथम आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजना र आदर्श विद्यामन्दिर माविको सहआयोजनामा आयोजित प्रतियोगिताको पहिलो दिन आदर्श विद्यामन्दिर विद्यालय ‘पहिलो’, गुराँस विद्या सदन र अमर आदर्श आवासिय माध्यमिक विद्यलायले विजयी सुरुवात गरेका छन् ।

आयोजक आदर्श विद्यामन्दिर माविले उद्घाटन खेलमा गरिमा आवासिय माध्यमिक विद्यालयलाई २–० गोलअन्तरले पराजित गरेको छ । आदर्शको जितमा खेलको पाँचौं मिनेटमा सुमिप शाही र दोस्रो हाफको २१ औं मिनेटमा सुझाव बानियाँले गोल गरेका थिए ।

यस्तै आईतबारको दोस्रो खेलमा गुराँस विद्या सदनले आत्मघाती गोलको मद्धतमा धौलागिरी माध्यमिक विद्यालयलाई १–० गोलले पराजित गरेको छ । धौलागिरीका डिफेन्डर सुवोधजंग कार्कीले खेलको तेस्रो मिनेटमा गरेको आत्मघाती गोलको मद्धतमा गुराँसलाई फाइदा पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट गोलको केही अवसर सिर्जना गरेपनि गोल हुन नसक्दा गुराँस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो खेलमा अमर आदर्श आवासिय माध्यमिक विद्यालयले कुँडुले माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गरेको छ । अमर आदर्शको जितमा जोयस पुन, विमल खत्री र अंश केसीले गोल गरेका थिए ।

प्रतियोगिताको दोस्रो दिन (सोमबार) रुद्रेपिपल माविविरुद्व सिद्वार्थ शिक्षा सदन, फ्युचर ब्राइटरविरुद्व सनराईज, पर्वत माविविरुद्व न्यु एभरेष्ट एकेडेमी, आयोजक आदर्श ‘सेतो’विरुद्व न्यु ओयसिस एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । १५ टोली सहभागी प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडेल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडि, मिडफिल्डर, गोलरक्षक, डिफेन्डर, उच्च गोलकर्ता र वेष्ट स्ट्राइकरलाई विधागत रुपमा पुरस्कृत गरिने आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन जैमिनी नगरपालिकाका उप–मेयर हरिहर शर्माले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उप–प्रमुख शर्माले खेलमार्फत संसार जित्न सकिने भन्दै त्यसको आधार तयार भने प्रारम्भिक तहबाटै गर्नुपर्ने बताए । आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन शिक्षक युनिस दिन मियाँले गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki