Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आइपीएलको उपाधि भिडन्त आज, कस्ले जित्ला त उपाधि ?

bk logo final png
  • बागलुङखबर
  • १३ जेष्ठ २०८१, आईतवार ०८:२८

काठमाण्डौं, १३ जेठ । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधिका लागि आज दुई टिमबीच भिडन्त हुँदैछ।

आजको फाइनल खेलमा २ पटकको उपाधि विजेता कोलकोत्ता नाइट राइडर्स र एकपटकको विजेता सनराइजर्स हैदरावाद आमने सामने हुनेछन्। आजको खेल चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

विश्वकप विजेता एवं हैजरावादका कप्तान प्याट कमिन्ससँग आज इतिहास रच्ने अर्को अवसर छ। कोलकात्ता नाइट राइडर्ससँग पहिलो क्वालिफायरमा फराकिलो हारको सामना गरेको पाँच दिनपछि नै कमिन्सको टोली हैदराबाद आज फाइनलमा सोही टोलीको चुनौती सामना गर्दै छ। प्याटको कप्तानीमा रहेको हैदराबादले शुक्रवार अन्तिम क्वालिफायरमा राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दै उपाधि भिडन्त तय गरेको हो।

दुई पटकको च्याम्पियन कोलकाताले गत मङ्लवार अहमदाबादमा हैदराबादलाई ८ विकेटले हराएको थियो।

हैदराबादले विश्वकै चर्चित र लोकप्रिय फ्रेन्चाइज लिग एक पटक मात्र जितेको छ, त्यो पनि सन् २०१६ मा अस्ट्रेलियाकै स्टार डेविड वार्नरको कप्तानीमा। कमिन्सले गत वर्ष नै विश्व टेस्ट च्याम्पियनसिप र एकदिवसीय फरम्याटमा अस्ट्रेलियालाई विश्व च्याम्पियन बनाएका थिए।

त्यसकारण पनि आजको खेलमा उनीमाथि सबैको ध्यान रहने छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki