Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आदर्श कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

bk logo final png
  • बागलुङ खबर
  • १० जेष्ठ २०८१, बिहीबार १८:२६

बागलुङ, १० जेठ । माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी जेठ १३ देखि १६ गतेसम्म ‘आदर्श कप अन्तर माध्यामिक विद्यालय’ स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

एसईई दिएर बसेका विद्यार्थीमा फुटबल खेलको माध्यमबाट रचनात्मक सोचको विकास गराउने उदेश्यले आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजना र आदर्श विद्यामन्दिर माविको सह–आयोजनामा आदर्श कप फुटबल प्रतियोगिता संचालन हुने आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए ।

१५ टोली सहभागी हुने प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडेल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडि, मिडफिल्डर, गोलरक्षक, डिफेन्डर, उच्च गोलकर्ता र वेष्ट स्ट्राइकरलाई विधागत रुपमा पुरस्कृत गरिने अध्यक्ष केसीले बताए ।

प्रतियोगितामा सेमीफाइनलमा पुग्ने टोलीलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ । आयोजक विद्यामन्दिर माविका दुई टोलीसहित गुराँस विद्या सदन, गरिमा आवासिय मावि, धवलागिरि बोर्डिङ स्कुल, न्यु ओयसिस एकेडेमी, न्यु एभरेष्ट एकेडेमी, कुँडुले मावि, सनराइज आवासिय मावि, विद्यामन्दिर मावि, अमर आदर्श मावि, सिद्वार्थ शिक्षा सदन, पर्वत मावि र फ्युचर ब्राइटर आमाविले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न ४ लाख लागत अनुमान गरेको आयोजकले क्लबका शुभचिन्तकबाट स्वतस्फुर्त रुपमा रकम संकलन भईरहेको केसीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल जेठ १३ गते दिउँसो आयोजक आदर्श विद्यामन्दिर ‘निलो’ र गुराँस विद्या सदनबीच हुने छ ।

ट्रफी सार्वजनिक तथा पत्रकार भेटघाटमा बोल्दै  (एनप्याब्सन) बागलुङका अध्यक्ष नेत्रलाल न्यौपानेले बालबालिकालाई पढाईसंगै खेलकुद गतिविधिमा पनि अभ्यस्त बनाउनुपर्ने कुरा बताएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki