Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दिलिसा मृत्यु प्रकरण : अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक, भिसेरा रिपोर्ट आउँन बाँकी

bk logo final png
  • बागलुङखबर
  • ७ जेष्ठ २०८१, सोमबार १९:३८

बागलुङ, ७ जेठ । काठेखोला गाउँपालिका १ खहरेकी १७ वर्षिय बालिकाको जेठ १ गते भएको शंकास्पद मृत्युको विषयमा प्रहरीले अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालयले पत्रकार भेटघाटको आयोजना गरी प्रारम्भिक नतिजाबारे जानकारी गराएको हो ।

प्रहरीले घटनाको छानविन गर्न गठित अनुसन्धान समितिले प्रारम्भिक काम थालिसकेको बताउदै धौलागिरि अस्पतालले दिएको पोष्टमार्टमको प्रारम्भिक नतिजा अनुसार बालिकाले झुण्डिएर मृत्यु भएको पाईएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले ‘ह्याङ्गीङ भन्ने रिपोर्ट रहेको र भिसेरा रिपोर्ट नआएसम्म अझै केही भन्न सकिँने अवस्था नरहेको भन्दै ‘झुण्डिएको वा झुण्डाईएको भन्ने विषय अनुसन्धानमै रहेको बताउनुभयो।

प्रहरीले झुण्डिएको कोठाबाट दुईपन्ने लामो सुसाइट नोट समेत फेला पारेकोले सो नोटमा बाबुआमालाई सम्बोधन गर्दै माफी मागेको र आफूलाई मर्न बाध्य पार्नेहरुको नाम उल्लेख गरेको कँडेलले पत्रकार सम्मेलनमा बताउनुभयो ।

प्रहरीका अनुसार बालिकाले मानसिक र शारीरिक तनाव सहन नसकेकै कारण आफू मर्न बाध्य भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् ।
सुसाइट नोट बालिकाले नै लेखेको हो की होइन भन्ने बारे अनुसन्धान गर्न उनले अध्ययन गर्ने विद्यामन्दिर माविको पछिल्लो उत्तरपुस्तिका र सुसाइट नोट भेरीफाईका लागि विधिविज्ञान प्रयोगशाला, काठमाडौं पठाएका प्रहरी प्रमुख कँडेलले बताउनुभयो ।

मृतकका बुवाले दिएको किटानी जाहेरीका आधारमा मृतकका श्रीमान, सासू, नन्द र ठुला ससुरालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।

प्रहरीले घटनाको छानबिनमा कुनै पनि कसुर बाँकी नराख्ने भन्दै अनुसन्धानमा सहयोग गर्न आग्रह समेत गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki