Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भण्डारीको शङ्कास्पद मृत्युलाई लिएर माइती पक्ष आन्दोलित

bk logo final png
  • बागलुङ खबर
  • ४ जेष्ठ २०८१, शुक्रबार १८:२८

बागलुङ, ४ जेठ । दिलिसा (दिक्षा) भण्डारीको शङ्कास्पद मृत्युलाई लिएर उनका माइती पक्ष, आफन्त र शुभचिन्तक आन्दोलित भएका छन् ।

बागलुङको काठेखोला गाउँपालिका १ खहरे घर भएकी भण्डारीको शङ्कास्पद मृत्युलाई लिएर उनको न्यायका लागि दबाब दिन भन्दै उनका माइती पक्षले आज बागलुङ बजारका म्रूल सडकमा आन्दोलन गरेका हुन्।

महिलाहरुले बागलुङको जिल्ला प्रशासन कार्यालय, धौलागिरि अस्पताल लगायत बागलुङ बजारको मुख्य मुख्य चोकहरुमा हत्यारालाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । बजारमा विरोधका कार्यक्रम भएपछि जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

बागलुङ नगरपालिका १० गलुवा माइत भएकी १८ वर्षीया दिलिसाको श्रीमान र सासुले हत्या गरेको माइती पक्षले आरोप लगाउँदै दोसीलाई हदैसम्मको कारवाहीको माग गर्दै आन्दोलन गरेका हुन्। ।

मृतकका श्रीमान् १८ वर्षीया सुशान्त थापा र सासु ३६ वर्षीया उजेली थापालाई बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए ।

मृतकका बुबा देवेन्द्रबहादुर भण्डारीले प्रहरीमा कर्तव्य ज्यानमा जाहेरी दरखास्त दिएका छन् । जिल्ला अदालतले ४ दिनको म्याद दिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कँडेलले बताए।

शव पोष्टमार्टमको लागि पोखरा लाने वा धवलागिरि अस्पतालमा गर्ने विषयमा परिवार पक्षबिच सहमति हुन नसकेपछि पोष्टमार्टममा ढिलाइ भएको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मृत्यु शंकास्पद देखिएकोले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट फोरेन्सिक मेडिसिन विज्ञ झिकाएर पोष्टमार्टम गर्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए ।

भण्डारीको हत्या भएको दाबी गर्दै माइती पक्ष निरन्तर आन्दोलन गरिरहेका छन् भने शव धवलागिरि अस्पतालमा राखिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki