Skip to content

follow us

baglungkhabar.tv

23rd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

वीरगन्जका पूर्व मेयर सरावगीले छाडे एमाले

  • २८ बैशाख २०८१, शुक्रबार १३:४७

काठमाडौँ । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन्। सरावगीले गत बुधबार नै एमालेको साधारण सदस्यसमेत नरहने गरि एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई राजिनामा पत्र पठाएको भएपनि उक्त राजीनामा पत्र शुक्रबार मात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

नेकपा एमालेका केन्द्रिय परिषद् सल्लाहकार सदस्य रहेका सरावगीले एमाले पार्टीमा आफूलाई कुनै भूमिका नदिइएको,निष्क्रिय बनाएर राखिएको भन्दै एमालेबाट राजीनामा दिएको जनाएका छन्। यसपछि आफू कुनैपनि दलमा नलाग्ने र स्वतन्त्र रुपमा समाजसेवामा लाग्नेपनि उनले बताएका छन्।

यद्यपि उनले कुनै दलमा नलाग्ने बताएपनि उनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा फेरि फर्कने चर्चा सर्वत्र छ। सरावगीले यसअघ गत बुधबार नै आफूले एमाले छाड्ने मनशाय बनाएको बताएका थिए।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित भएका सरावगी गत स्थानीय तह निर्वचन भन्दा पहिले २०७८ साल फाल्गुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए। गत निर्वाचनमा सरावगी एमालेबाटै वीरगन्ज महानगरको मेयरमा चुनाव लडेर पराजित भएका थिए। त्यसपछि उनलाई एमालेले २०७९ साल असार २७ गते एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा मनोनित गरेको थियो।

 

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki