Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बरेङ, जैमिनी र काठेखोलामा निशुल्क स्वास्थ्य शिविर हुने

bk logo final png
  • बागलुङखबर
  • २२ बैशाख २०८१, शनिबार २०:३२

बागलुङ, २२ बैशाख । धौलागिरि अञ्चल अस्पताल बागलुङले बरेङ, जैमिनी र काठेखोलामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

महिलाको पाठेघर खस्ने समस्यालाई समाधानका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङले निशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

आज भएको पत्रकार सम्मेलनमा स्त्रीरोग बिशेषज्ञ डा. रेखा शर्माले अस्पतातले बैशाख ३० गते बरेङ, जेठ ५ गते जैमिनी र जेठ १२ गते काठेखोलामा स्क्रिनिङ शिविर संचालन गर्न लागेकोे जानकारी गराएकी थिइन् । उनले पहिलो चरणमा स्क्रिनिङ शिविर सञ्चालन गर्ने र त्यसपछि शिविरको आधारमा पहिचान भएका बिरामीलाई उपचार र निशुल्क अपरेशन समेत गराउने योजना बनाएको छ ।

शिविरमा पाटेघर खस्ने समस्याका साथसाथै फिस्टुला, निसन्तान दम्पत्तिको समस्या समाधान, महिनावारी गडबडी, पिसाबको समस्या तथा प्रजनन स्वास्थ्यबारे पनि परीक्षण गरिनेछ । त्यस बाहेक पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर हुन सक्ने सम्भावनाको खोजी पनि गरिने शर्माको भनाई रहेको छ ।

सरकारी अस्पतालमा पाठेघरको अपरेशन निशुल्क रुपमा हुनेछ । निजी संस्थामा गएमा भने डेढ लाख सम्मको रुपैयाँसम्म खर्च हुन् सक्नेछ । सरकारले पठाइदिने प्रतिव्यक्ति १३ हजार र अस्पताल विकास समितिले थप गर्ने ६ हजार गरी १९ हजारको उपकरण र औषधी प्रयोगपछि अपरेशन गर्न सकिने गरी यो अवसर ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेलले बताए ।

अस्पतालले बिरामीको अवस्था पहिचान गरी अपरेशनको समय भने पछि तय गर्नेछ । गत वर्ष पनि विभिन्न स्थानमा भएका स्क्रिनिङबाट ३६ जनाको अपरेशन निशुल्क रुपमा गरिएको थियो । यो वर्ष पनि बिरामीको पहिचान भएमा निशुल्क रुपमा अपरेशन गर्ने पौडेलले जनाएका छन् ।

कार्यक्रम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरन्जन प्रधानको स्वागत तथा नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki