Skip to content

follow us

baglungkhabar.tv

27th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सर्वोत्कृष्ट मोडलको उपाधी बागलुङका थापालाई

bk logo final png
  • बागलुङखबर
  • २२ बैशाख २०८१, शनिबार १०:५२

काठमाण्डौं, २२ बैशाख । तेस्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८१ बाट सर्वोत्कृष्ट मोडलको उपाधी कलाकार तथा मोडल प्रेम थापाले जितेका छन् ।

नेपाल संगीत उद्योग संघले प्रदान गर्ने ‘अथक शान्त साधक विश्वनाथ केडिया’ तेस्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८१ बाट थापालाई सर्वोत्कृष्ट मोडलको उपाधी प्रदान गरिएको हो । “नेपाली गीत, सङ्गीत र संस्कृति संरक्षणको अभियान, व्यवसायीक एकता सहितको हाम्रो पहिचान” भन्ने मुल नाराका साथ संचालित म्युजिक अवार्ड २०८१ को ग्राण्ड फिनालेबाट थापाले सर्वोत्कृष्ट मोडलको उपाधी हात पारेका हुन ।

थापाले सर्वोत्कृष्ट मोडलको उपाधी जाम सुस्तै सुस्तै बेनी बजारमा शीर्षकको लोकदोहोरी गीतबाट प्राप्त गरेका हुन् । छनोटमा पाँचओटा गीत परेका थिए जसमध्ये थापाले अभिनय गरेको जाम सुस्तै सुस्तै बेनी बजारमा शीर्षकको लोकदोहोरी गीत सर्वोत्कृष्ट भएको थियो ।

बागलुङको तित्याङमा जन्मिएका थापा विगत एक दशक देखी गीत सङ्गीत र मोडलिङ क्षेत्रमा अनवरत रुपमा लागिरहेका एक होनहार प्रतिभा हुन् । उनले दर्जन भन्दा बढी गीतमा आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेका छन् । यसका साथै सर्वोत्कृष्ट निर्देशकको रुपमा तिमी र म जाम माया गीतका निर्देशक काजिस श्रेष्ठले उपाधी प्राप्त गरेका छन् । कार्यक्रममा सङ्गीतका विभिन्न २९ विधाका कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मीले सबै अवार्ड विजेतालाई सम्मान गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki