Skip to content

follow us

baglungkhabar.tv

30th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शारदाप्रसाद दाहालको ‘विचार–विमर्श’ बजारमा

  • ३० श्रावण २०७७, शुक्रबार १७:२९

३० साउन, काठमाडौं । शारदाप्रसाद दाहालद्वारा लिखित विचारप्रधान आलेखको संगालो ‘विचार–विमर्श’ प्रकाशनमा आएको छ। पुस्तकमा २५ वटा दर्शनपरक आलेख  रहेका छन् । पुस्तकमा पूर्व र पश्चिम दुवैतिरका दार्शनिक विचार र चिन्तन समावेश गरिएको छ ।

यो दहालको पहिलो पुस्तक हो । यसमा विषयको छनौट र प्रस्तुतिमा नवीनता पाइन्छ। दर्शनपरक विषयलाई लेखकले सरल र बोधगम्य बनाउने प्रयास गरेको देखिन्छ ।

पुस्तकमा पहिलो आलेखमा लेखकले मृत्यु सम्बन्धी चिन्तन राखेका छन । मृत्यु उनले पूर्वीय र पश्चिमी दार्शनिकका साथै लेखक, कवि तथा साहित्यकारका विचार र दृष्टिकोणका आधारमा विश्लेषण गरेका छन् ।  मृत्यु सम्बन्धमा साधारण मनुष्यको विचार , वेद र वेदकालीन समाजमा प्रचलनमा रहेका अवधारणा उल्लेख छन् ।  पुस्तकमा मृत्युको तत्वमीमांसीय विश्लेषण पनि गरिएको छ । यसमा बौद्धदर्शनका आख्यानका साथै मृत्युसँग डराउनु पर्दैन भन्ने युनानी एपिक्युरसका विचार पनि छन् ।

त्यस्तै पुस्तकको दोश्रो आलेखमा सुख र दुःखको चिन्तनमा पूर्व र पश्चिमको दृष्टिकोणलाई राखिएको देखिन्छ। सुख र दुःखका सम्बन्धमा गीता , महाभारत र दर्शनका आधारमा विश्लेषण गरिएको छ।  विशेष गरेर चार्वाक दर्शनले सुख सम्बन्धमा राखेका मान्यता र धारणा पठनीय छन्। पश्चिमी चिन्तनमा युनानी दर्शनका सुकरात,  प्लेटो र अरस्तुका विचारका साथै जर्मन सोपेनहाउर र उपयोगितावादी दार्शनिक बेन्थम, मिल र सिजविकका विचारलाई पनि लेखकले उल्लेख गरेका छन्।

पुस्तकमा सत्यताको विषयमा पनि चर्चा गरिएको छ। वस्तुतः शास्त्रीय मान्यता अनुसार सत्यतालाई सधै सार्वभौमिक रुपमा बुझिंदै आइएको छ। तर डेनिस चिन्तक किकैगार्ड, जर्मन दार्शनिक फ्रेडरिक नित्से र अमेरिकी दार्शनिक विलियम जेम्सले सत्यता र यसको स्वरुप सार्वभौमिक नभएर सत्य सधैं कालिक र स्थानिक हुन्छ, सापेक्ष हुन्छ भन्ने मान्यता राखेका छन्। यिनका विचारलाई लेखकले राम्रो गरी विश्लेषण गरेका छन्।

मानव स्वभाव सम्बन्धमा लेखकले जीव विज्ञान, मनोविज्ञान, धर्म दर्शन र दार्शनिकले राखेका विचार र धारणालाई केलाइएका छन्। हब्सले मनुष्य जन्मजात स्वार्थी स्वभावको हुन्छ भनेका छन्। मैकियाबेलीको विचार पनि हब्ससँग मिल्दो जुल्दो छ। तर सात्र मनुष्यको वास्तवमा कुनै स्वभाव नै हुँदैन भन्ने मत राख्दछन्। यी सबैको विचार उक्त पुस्तकमा समेटेको छ।

त्यस्तै पुस्तकमा स्वतन्त्रताको अवधारणाका सम्बन्धमा दार्शनिक विश्लेषण गरिएको छ। हाम्रा जतिपनि व्यवहार र क्रियाकलाप हुन्छन् ती स्वतन्त्ररुपबाट निःसृत भएका हुन्छन् त  भन्ने कुरा यहाँ चर्चा गरिएको छ। स्वतन्त्रताका सम्बन्धमा मूलतः दुई धारणाहरु देखिन्छन्। एउटा नियतत्ववादी धारणा र अर्को अनियतत्ववादी धारणा। स्वतन्त्रताको नियतत्ववादी धारणाले हाम्रा इच्छा,संकल्प चाहना स्वतन्त्र हुँदैनन् ती कुनै पूर्वगामी कारणबाट निर्देशित र संचालित हुने गर्दछ भन्ने मान्यता राख्दछ। त्यस्तै अनियतत्ववादले  यसको विपरीत विचार र धारणा राख्ने गरेको छ।

त्यस्तै पुस्तकमा उत्तरआधुनिकतावाद, ईश्वर र धर्मको मनोविज्ञान, अस्तित्ववाद, बुद्ध धर्म र दर्शन, अनिश्रवरवाद आदि विषय समावेश गरिएका छन्। यहाँ ब्रेडले र शंकराचार्यबीचमा तुलना गरिएको छ।

पुस्तक ४ सय ८४ पेजको छ भने यसको मूल्य ५५० रुपैयाँ तोकिएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

भदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

भर्खरै

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki