Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कालिका भगवती मन्दिरको चैत महिनाको हिसाब सार्वजनिक

bk logo final png
  • बागलुङखबर
  • १७ बैशाख २०८१, सोमबार ०७:५१

बागलुङ, १७ बैशाख । नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिर ब्यवस्थापन समितिले हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत चैत महिनाको आम्दानी खर्चको हिसाब सार्वजनिक गरेको हो ।

कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकमा चैत महिनामा ३७ लाख ९२ हजार २ सय ९ रूपैयाँ आम्दानी र खर्च तर्फ ३७ लाख ५४ हजार ८ सय ८० रूपैयाँ भइ ३७ हजार ३ सय २९ रूपैयाँ बचत भएको हिसाब अनुमोदन गरेको छ ।

चैत महिनामा कालिका मन्दिर बाट भेटि बापत २३ लाख ४९ हजार ३ सय ३५ रूपैयाँ चामल बिक्री बाट ८६ हजार १ सय रूपैयाँ ,बोका बाट १ लाख ३३ हजार ६ सय ५० रूपैयाँ ,कुखुरा बाट १२ हजार १ सय ,राँगा बाट ६ हजार ४ सय ,भाडा ३ लाख १४ हजार ४ सय ,विवाह बाट २५ सय पिकनिक बाट २ हजार आर्थिक सहयोग १ लाख २४ हजार ३ सय ६४ रूपैयाँ परेवा बिक्री बाट ७ लाख ४२ हजार ७ सय ५० रूपैयाँ ब्रतबन्ध ६ हजार ६ सय रूपैयाँ पण्डित १२ हजार रूपैयाँ आम्दानी भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।

यस्तै खर्च तर्फ स्टेशनरी ११ हजार १ सय ४० तलब ४ लाख ९ हजार रूपैयाँ बिधुत २८ हजार अतिथि सत्कार ६४ हजार आर्थिक सहयोग १९ हजार ७ सय ४० पुर्वाधार विकास तथा निर्माण १६ लाख २९ हजार ,८ सय पोशाक छपाई तथा वितरण ३६ हजार ३ सय मेसिन तथा उपकरण खरिद २७ हजार ५ सय खाध्यान्न तथा आवास ६६ हजार ९ सय विज्ञापन ६ हजार फर्निचर तथा सजावट २ लाख ७१ हजार सांस्कृतिक कार्यक्रम तथा भजनमा १८ हजार ५ सय रूपैयाँ खादा तथा माला ८१ हजार चैत्राष्ठमी मेला १० लाख खर्च भएको कोषाध्यक्ष खड्काले बताए ।

कालिका गुठी ब्यवस्थापन समिति बागलुङले हरेक बर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दशै मेला आयोजना गर्दै आएकोमा यसपटक यहीँ चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म मेला भब्य र सभ्य रूपमा सम्पन्न भएको कालिका भगवती गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।

कालिका कप राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता ,खुला लोक दोहोरी गीत ,ठेलो प्रतियोगिता ,विद्यालय स्तरीय नृत्य प्रतियोगिता ,रमाइलो मेला ,रथ यात्रा, दौड प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका कार्यक्रम गरेर मेला सफल बनाएको प्रेस सल्लाहकार राजभण्डारीले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki