Skip to content

follow us

baglungkhabar.tv

30th March 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कस्ता व्यक्ति सधै युवा रहन्छन् ?

  • ३० श्रावण २०७७, शुक्रबार १७:२७

हामीकहाँ नेताहरुको अगाडि जोडिने विशेषण हो, युवा । जब कुनै नेताको अगाडि ‘युवा’ फुर्को जोडेर सम्बोधन गरिन्छ, जग हाँस्छ । यसकारण कि, ति नेताको उमेरले डाँडा काटिसकेको हुन्छ । तर, चिन्तकहरु भन्छन्, ‘युवा हुनु र नहुनुको सम्बन्ध उमेरसँग जोडिदैन ।’ अर्थात कोही व्यक्ति उमेरले ५० बर्ष पुगेका छन् । तैपनि उनी युवा हुनसक्छन् । कोही व्यक्ति उमेरले २५ बर्षका हुनसक्छन् । तर, उनमा युवापन नरहन सक्छ ।

किनभने ‘युवा’ले उमेरको भेद छुट्याउने भन्दा पनि गुणलाई दर्शाउँछ । त्यसैले कुनै व्यक्तिको अगाडि युवा विशेषण यसकारण उपयुक्त हुनसक्छ कि, उनमा उत्साह, जोश, उर्जा, जाँगर, गतिशिलता छ । यी तमाम् गुणहरुले नै कुनै व्यक्तिलाई ‘युवा’ बनाउने हो ।

ओशोले एक प्रवचनमा भनेका छन्, ‘हामीकहाँ धेरैजसो नागरिक जन्मदै बुढो छन् ।’ बुढो हुनु भनेको निस्क्रिय, शिथिल, उदास, कमजोर, गतिहिन हुनु हो ।

कोही व्यक्ति यस्ता हुन्छन्, जो उमेरले ६०–७० बर्ष पुगिसकेका हुन्छन् । यद्यपि उनीहरुमा युवापन ज्युँको त्यूँ हुन्छ । उनीहरु उत्तिकै उत्साहित र उमंगित हुन्छन् । उत्तिकै उर्जावान र गतिशिल हुन्छन् । हरेक कुरामा आफुलाई जागरुक राख्छन् । उनीहरु सधै सचेत र सर्तक अवस्थामा हुन्छन् । परिवर्तनलाई सहजै आत्मसात गर्ने गुण हुन्छ ।

युवा भनेको आफुलाई उर्बर बनाइराख्नु हो । युवा सधै जागरुक हुन्छन् । युवा सधै उत्सुक हुन्छन् । युवा सधै उत्साहित हुन्छन् । युवा हुनुको गुण हुन् यी । रजनिश भन्छन्, ‘सबै युवा युवा हुँदैनन्, सबै बुढा बुढा हुँदैनन् । जसलाई युवा हुने कला आउँछ, ऊ उमेरले बुढो भएर पनि युवा नै रहन्छन् । र, जसलाई युवा हुने कला आउँदैन, ऊ युवा भएर पनि बुढो रहन्छ ।’

तपाईं २५ बर्षको हुनुहुन्छ । आफुलाई जवान ठान्नुहुन्छ । युवा ठान्नुहुन्छ । तर, त्यो तपाईंको भ्रम पनि हुनसक्छ । किनभने यत्तिका उमेरमा पनि तपाईं निस्क्रिय, उदास, निरास रहनुहुन्छ भने तपाईं युवा रहनुहुन्न । युवाको गुण होइन, उदासी, निरास । युवा सधै आशावादी हुन्छ । युवाहरु समस्यासँग जुध्न तयार रहन्छन् । उनीहरु हरेक समस्यामा संभावना देख्छन् । अवसर देख्छन् । जुझारुपन पनि युवा हुनुको लक्षण हो । कुनैपनि समस्याबाट हार नखाई जुधिरहने व्यक्ति युवा हुन् । युवाहरु शिथिल हुँदैनन् । कमजोर र शक्तिहिन हुँदैनन् ।

हामी युवाको कुरा गर्छौं । युवा नेता भन्छौं, युवा उद्यमी भन्छौं, युवाशक्ति भन्छौं । यद्यपी यी युवाहरु नाममा होइन, गुणमा निर्भर रहन्छ ।

तपाईं कति बर्ष पुग्नुभयो ? प्रश्न यो होइन । तपाईंमा कति युवापन छ ? घोत्लिनुपर्ने विषय हो यो । तपाईंमा ति तमाम गुणहरु छन् भने तपाईं युवा नै हुनुहुन्छ । र, तपाईंको अगाडि अनन्त संभावना छन् । उमेरको कुरै भएन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

भदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

भर्खरै

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

गायक सपूतले गरे आफू राजनीतिबाट अलग भएको घोषणा

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

बागलुङमा श्रीमद भागवत महापुराण एवम् पितृ सप्ताह गरिने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki