Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

धौलागिरी अस्पतालका मेसुमाथि सदस्यले गरे अभद्र व्यवहार

bk logo final png
  • बागलुङखबर
  • १३ बैशाख २०८१, बिहीबार २१:५२

बागलुङ, १३ बैशाख । धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. रविरञ्जन प्रधानमाथि अस्पताल व्यवस्थापन समितिका सदस्यले अभद्र व्यवहार गरेका छन् ।

व्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठले बिहिबार दिउँसो करिब ४ः३० बजेको समयमा कार्यकक्षमै पुगि मेसु प्रधानमाथि हातपातको प्रयास गरेको बताइएको छ । उनीमाथी अभद्र व्यवहार गर्नुको कारण भने खुल्न सकेको छैन ।

आफूमाथि अभद्र व्यवहार भएपछि मेसु प्रधानले कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका छन् ।

आफू डिउटीमा रहेको समयमा अभद्र व्यवहार भएको भन्दै अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठलाई कार्वाहीको माग गर्दै उजुरी दिएका हुन् । श्रेष्ठले मेसु प्रधानमाथि पटक–पटक अभद्र व्यवहार गर्दै आएको बताइन्छ ।

यस बारेमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अभद्र व्यवहार गर्नेलाई कानुन बमोजिमको कार्वाही हुने बताए । ‘हामी कहाँ निवेदन परेको छ, अहिले छलफलमा छौँ ।’ उनले भने–‘अभद्र व्यवहार गर्नेलाई कानुन बमोजिम कार्वाही हुन्छ ।’

उनले डाक्टरको सुरक्षाको लागि आफू प्रतिबद्ध रहेको बताउँदै कार्वाहीको लागि प्रक्रिया अघि बढाइने बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki