Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बानपाले गर्यो तह मिलान

bk logo final png
  • बागलुङखबर
  • ९ बैशाख २०८१, आईतवार ०९:२९

बागलुङ, ९ बैशाख । बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नगरभित्रका ३३ वटा विद्यालयको तह मिलान गरेको छ ।

बागलुङ नगरपालिकाको तेह्रौ नगरसभाबाट भएको निर्णय बमोजिम तथा नगर शिक्षा समितिको सुझाव र विद्यालयको स्थलगत अनुगमन समितिको सिफारिस प्रतिवेदनको आधारमा विद्यालय स्थगत र तह मिलान गरिएको नगरप्रमुख वसन्त कुमार श्रेष्ठले बताए ।

उनले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै शिक्षा अनुगमन समितिले नगरपालिका भित्रका ४८ वटा विद्यालयहरु अध्ययन गरेको र आवश्यक तथा समस्याहरुको पहिचान गरी ३३ वटा विद्यालयहरुको स्थगन र तह मिलान गरिएको बताए ।

नगरपालिकाले कक्षा १ सम्म अध्यापन हुने बानपा–९ को सरस्वती सामुदायिक र रानीभूमे प्रा.विमा पठनपाठन स्थगन गरेको छ ।

तह मिलनपछि अब बालविकास केन्द्र संचालन हुने विद्यालयको संख्या ८, बालविकास केन्द्र र कक्षा एक मात्र संचालन हुने विद्यालयहरुको सङ्ख्ख्या ११, कक्षा एक मात्र संचालन हुने विद्यालय १, कक्षा एक देखि तीनसम्म संचालन हुने विद्यालय सङ्ख्या ५, कक्षा एकदेखि चारसम्म संचालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा एकदेखि ६ कक्षासम्म संचालन हुने र विद्यालय स्थगन र तह मिलानपछि शिक्षकहरुलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा दरबन्दी मिलान गरी व्यवस्थापन गरिने छ ।

नजिकमा विद्यालय नभएको, अलग्गै बस्ती र भौगोलिक विकटता भएको विद्यालय तथा कक्षा स्थगनले पढाईबाट बञ्चित हुने बालबालिकालाई आवश्यक व्यवस्था गरिने श्रेष्ठको भनाईछ । स्थगन भएका विद्यालयमा प्राप्त विद्यार्थीहरु उपलब्ध भए पुनः विद्यालय संचालन गर्न सकिने समेत बताइएको छ ।

स्थगन भई खाली हुने विद्यालयलाई वडा कार्यालयको संरक्षकत्वमा विद्यालय छात्रावास, पुस्तकालय, सामुदायिक सिकाई तथा प्रशिक्षण केन्द्र, सामुदायिक प्रयोजनका भवन, टोल सुधार, महिला समूहको भवनको रुपमा प्रयोगमा ल्याइने नगरप्रमुख श्रेष्ठको भनाई छ ।

शिक्षा अनुगमन समितिले तय गरेको मापदण्ड बमोजिम विद्यालय स्थगन भई विद्यार्थीहरु जाने विद्यालयको लागि बढीमा २ लाख ब्यवस्थापनको लागि र प्रत्येक तह मिलान हुने विद्यालयहरुलाई प्रतिकक्षा २५ हजारको दरले उपलब्ध गराउने र नेपाल सरकारले दिएको रु १५ रुपैयाँ दिवा खाजामा नगरपालिकाले रु ५ रुपैयाँका दरले थप गरि रु २० रुपैयाँ दिने बताइएको छ ।

नगरपालिकाले अब नगरभित्रका प्राथमिक तहका शिक्षक नियुक्तिमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गराउने अवधारणा पनि ल्याइएको प्रमुख श्रेष्ठले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki