Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जिल्ला प्रशासन कार्यालयको मेलामा अनुगमन,अखाद्य वस्तु नष्ट

bk logo final png
  • बागलुङखबर
  • ३ बैशाख २०८१, सोमबार २०:५५

बागलुङ, ३ बैशाख । जिल्ला प्रशासन कार्यालय बागलुङले चैत्राष्टमी मेला परिसर अनुगमन गरेको छ । मेलामा ,२० वटा स्टलको अनुगमन गरि अखाद्य वस्तु नष्ट गरेको हो।

सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा खटिएको अनुगमन टोलीले चैते दसैँ मेला लगाएको स्थानका २० वटा स्टलको अनुगमन गरि अखाद्य वस्तु नष्ट गरिएको हो ।अनुगमनको क्रममा रमाइलो मेला लागेको स्थानमा राखिएको कृष्ण आइसक्रिमबाट उत्पादन र उपभोग मिती नभएको, स्रोत र मिसावट गरिएका वस्तु तथा रंगहरुको समेत पहिचान नभएका ८० लिटर आइस झोल, विभिन्न रंग र स्वाद मिसावट गरिएका २० वोत्तल पेय पदार्थ नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

त्यसैगरी अखाद्य रंगको प्रयोग गरेर बचिएका कटन क्यानडी सहित कटन क्यानडी बनाउन प्रयोग गरिएको रंग मिसावट गरिएको २० केजी चिनी नियन्त्रण गरिएको छ ।

अखाद्य कडा रंगको प्रयोग गरेर बनाईएका खानेकुरा खादा क्यान्सर लगाएतका विभिन्न घातक रोग लाग्ने उच्च जोखिम हुने भन्दै यस्ता खानेकुरा खानै नहुने भएकाले नियन्त्रणमा लिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनु भयो ।

मेला महोत्सव जस्ता भिडभाड हुने स्थानमा व्यापारिहरुले मानिसलाई आकर्षण गर्न आवश्यकता भन्दा बढी रंगको प्रयोग गरेर, म्याद समेत गुज्रिएका अखाद्य वस्तु विक्रि वितरण गर्ने गरेको गुनासो आएपछि अनुगमन गरिएको उहाँको भनाई छ ।

फुड् कलर भनेर बजारमा बेचिने रंगको समेत चाहिने र मिल्ने भन्दा बढी मात्र प्रयोग गरेर धुलो र खुल्ला स्थानमा बेचेका खानेकुरा खाने व्यक्तिहरु समेत स्वयं सचेत हुनुपर्ने श्रेष्ठले बताउनु भयो । शिक्षित युवा युवती समेत यस्ता अखाद्य खानेकुरा रमाई रमाई खानेगरेको प्रति चिन्ता व्यक्ति गर्दै उहाँले सबैजना आ–आफ्नो स्वास्थ्य प्रति संवेदनशिल बन्नुपर्ने उहाँको भनाई छ ।

मेला स्थल भित्र कानुन विपरित पैसाको लेनदेन हुने गरि विभिन्न खेल खेलाउने ४ वटा स्टललाई बन्द गराईएको छ । स्टिल भित्र जुस, पैसा, सावन लगाएतका विभिन्न पैसाको प्रलोभनमा मेला हेर्न आएका बालबालिका र युवाहरुलाई आकर्षण गरि खेल खेलाएर पैसा असुलेको पाइएर खेल खेलाउने सामग्री नियन्त्रण लिइएको सहायक प्रजिअ बरालले बताउनु भयो ।

अनुगमनमा पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापा मगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठ, पर्यटन तथा उद्योग कार्यालय बागलुङका अधिकृत विष्णु नाथ शर्मा, जिल्ला प्रहरी कार्यालय बागलुङका बसन्तबहादुर भुजेल, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्त, बागलुङ नगरपालिकाका अधिकृत मित्रलाल सापकोटा लगाएतको उपस्थिती रहेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

पहिरोमा परि एक जनाको मृत्यु

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki