Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अर्ना जेसीज कप फुटबल शनिबारदेखि सुरु

bk logo final png
  • बागलुङखबर
  • २६ फाल्गुन २०८०, शनिबार २१:१९

बागलुङ, २६ फागुन। अर्ना जेसीज कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोखरेलले शनिबार प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै अध्यक्ष पोखरेलले युवाहरुलाई खेलकुदको माध्यामबाट जोड्न जेसीजले प्रयत्न गरिरहेको बताए । उनले जेसीज बर्ष २०२४ ले नेपाल सरकारसँग मिलेर उत्पे्ररणा र युवा शशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने पनि सुनाए ।

प्रतियोगितामा साबिक धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका क्लबहरूले सहभागिता रहने छ । प्रतियोगितामा सहभागिता जनाउने क्लबहरूले दुई जना विदेशी खेलाडीहरु राख्न पाउने व्यवस्था गरिएको बागलुङ जेसिजका अध्यक्ष गणेश महतोले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष महतोले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं। २ का अध्यक्ष सुरज बोसेल, बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, पत्रकार महासंघका सचिव बिजय रानाले शुभकामना दिए ।

गणेश महतोको अध्यक्षता, महासचिव ताराप्रसाद शर्माको सञ्चालन र निवर्तमान अध्यक्ष सौरभ श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । आइतबारदेखि प्रतियोगिताका खेल बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।

प्रतियोगिता फागुन २७ देखि चैत २ गतेसम्म चल्ने छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

पहिरोमा परि एक जनाको मृत्यु

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki