Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पर्यटकहरू सहजै आउने सडक र कोरला नाका खुलाउन सकेमा देशको अर्थतन्त्र बलियो बन्छ : प्रधानमन्त्री दाहाल

bk logo final png
  • बागलुङखबर
  • १९ फाल्गुन २०८०, शनिबार २०:३७

बागलुङ, १९ फागुन । ।बागलुङको पञ्चकोटमा फागुन ९ देखि सुरु भएको महायज्ञ ११ औँ दिनमा आउनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले पर्यटन क्षेत्रको विकासबाट देश समृद्ध बन्ने बताउनुभयो । ‘पर्यटकहरू सहजै आउने सडक र कोरला नाका खुलाउन सकेमा देशको अर्थतन्त्र बलियो बन्छ,’ दाहालले भन्नुभयो, ‘प्रधानमन्त्रीको हैसियतले मेरो ध्यान कोरला नाकामा छ । यो नाका खुल्दा छोटो बाटोमा धेरै आर्थिक क्रियाकलाप हुने छ । धार्मिक पर्यटनले नेपालको अर्थतन्त्रमा सुधार भएको समेत बताउनुभयो । ‘पौराणिक समाजवादमा धार्मिक अर्थतन्त्रको महत्व रहेछ,’ उहाँले भन्नुभयो, ‘आफ्नो लागि मात्रै कमाउने बाँकी सम्पत्ति राज्यको हुने अवस्था भएमा देशमा आर्थिक संकट पर्दैन ।’ उहाँले आध्यात्मिक चिन्तनले मानिसमा समाजप्रतिको उत्तरदायित्व सम्झाउने गरेको समेत बताउनुभयो ।

गौशालाको गाई संरक्षणमा पनि प्रधानमन्त्रीले जोड दिनुभएको छ । उहाँले आयुर्वेदिक औषधि उत्पादन र उपयोगमा पनि गौशालाको महत्व भएको बताउनुभयो । शनिवार ब्रह्माण्डीय महायज्ञमा पुग्दा प्रधानमन्त्रीको अधिकांश मन्तव्य धार्मिक थियो । उहाँले समाजमा स्थायी शान्ति स्थापनाका लागि पनि आध्यात्मिक चिन्तन चाहिने बताउनुभयो ।

उहाँले धर्म, संस्कृति र संस्कार संरक्षणमा जोड दिए । राज्यले पनि यस्ता क्रियाकलापमा उच्च सम्मान गर्ने भन्दै महायज्ञ आयोजक कमलनयनाचार्यको प्रशंसा गर्नु भएको हो । उहाँले बागलुङमा स्थापना भएको शालिग्राम सङ्ग्रहालय, निर्माण गरिन लागेको १ सय ८ फिट अग्लो गण्डकी कलश लगायतका संरचना निर्माणमा सरकारको पनि ध्यान गएको बताउनुभयो । उहाँले ती संरचना र पर्यटकीय क्षेत्रको विकासमा साथ दिने बताउनुभयो । साथै उहाँले कालीगण्डकी नदी संरक्षणमा पनि जोड दिनुभएको हो । ‘जल संरक्षणबाट हाम्रो सभ्यता पनि बचाउन सकिन्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘जल संरक्षणको प्रतीक बनाउन लागिएको विश्वशान्ति गण्डकी कलशले नागरिकलाई थप सन्देश दिनेछ ।’

कमलनयनाचार्यले २० वर्षअघि मुक्तिनाथमा स्वास्थ्य सेवा पुर्‍याएको, नवलपरासीमा गजेन्द्र मोक्ष धाम बनाएको र भक्तपुरमा बनेको श्रीवन, पञ्च महालक्ष्मी मन्दिर लगायतले धार्मिक पर्यटक भित्र्याउन सहयोग पुगेको भन्दै ती पर्यटकबाट देशकै अर्थतन्त्रमा सुधार आएको समेत बताउनुभएको हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki