Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

वाफ च्याम्पियनसिप : नेपाल र जोर्डनको फाइनल खेल आज

bk logo final png
  • बागलुङखबर
  • १७ फाल्गुन २०८०, बिहीबार ०८:५३

काठमाडौं, १७ फागुन । नेपाल र जोर्डनको राष्ट्रिय महिला फुटबल टोली साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफं) च्याम्पियनसिपको फाइनलमा आज खेल्दैछन्।

जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा फाइनल नेपाली समय अनुसार राती ९ः ४५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र जोर्डन जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् । साविक विजेता समेत रहेको जोर्डन वाफको ५ पटकको च्याम्पियन हो । नेपालले पहिलो पटक यो प्रतियोगिता खेल्ने मौका पाएको हो।

मंगलबार भएको सेमिफाइनलमा नेपालले लेबनानलाई २।१ ले पराजित र जोर्डनले प्यालेस्टाइनलाई ५।० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेको थियो।
समूह चरणमा दुबै टोलीले सबै ३ खेल जितेको थियो।

जोर्डनको‌ फाइनलसम्मको यात्रा सहज रह्यो। समूह चरणमा सजिलो साथ अघि बढेको नेपालले सेमिफाइनलमा लेबनानको कडा चुनौतीको सामना गर्नुपरेको थियो। १।० को पछि परेको खेल उल्टाउँदै नेपाल उपाधि नजिक पुगेको थियो।

फिफा वरियतामा नेपाल भन्दा जोर्डन माथि छ । महिला फुटबलको वरियतामा नेपाल १ सय पाँचौं र जोर्डन ७४औं स्थानमा छ ।

वाफमा नेपालले ४ खेलमा १५ गोल गर्दै २ गोलको सामना गरेको छ भने जोर्डनले १३ गोल गर्ने क्रममा १ गोल खाएको छ। टोलीका लागि ९ गोल गरेकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बाले फाइनल भने खेल्ने छैनन् ।

फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित साम्बाले फिफाको नियम अनुसार क्लबमा फर्कनुपर्ने भएकाले फाइनल गुमाउनुपरेको हो ।

फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम रहेको छ । वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो छैनन्।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । जसमा ३ खेलसम्म खेल्न पाउने प्रावधान छ । साम्बाले समूह चरणमा नै ३ खेल खेलिसकेपनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki