Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पर्यटकीय गाउँ भकूण्डेको धौलेचौरमा होमस्टे पिता गुरुङको शालिक अनावरण

bk logo final png
  • बागलुङखबर
  • १७ फाल्गुन २०८०, बिहीबार ०८:४१

बागलुङ, १७ फागुन । पर्यटकीय गाउँ भकूण्डेको अर्बाउदी धौलेचौरमा नेपालका होमस्टे पिता स्व. क्या. रुद्रमान गुरुङको शालिक बुधबार अनावरण गरिएको छ ।

५ करोड १५ लाख अनुमानित लागतमा निर्माणाधिन रुद्रमान स्मृति पार्कमा निर्मित अर्धकदको  शालिकको गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले मंगलबार एक समारोहका बीच अनावरण गरेका हुन् ।

शालिक अनावरणपछि बोल्दै मन्त्री थापाले होमस्टेका पिता स्व. रुद्रमान गुरुङले ऐतिहासिक काम गरेको सम्झना स्वरुप शालिक निर्माण गरिएको बताए । ‘अर्गानिक खेती गरेर स्थानीय उत्पादन होमस्टेमा प्रयोग गर्नुपर्छ’ मन्त्री थापाले भने, ‘पर्यटकीय क्षेत्र भकुण्डेमा पुर्वाधार निर्माण गर्न प्रदेश सरकार सधै साथमा छ ।’

स्याङ्जाको आँधीखोलास्थित सिरुवारी गाउँ र बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे गाउँबीच भगिनी सम्बन्ध समेत कायम भएको छ । भगिनी सम्बन्ध कायम भएको अवसरमा रुद्रमान पार्क व्यवस्थापन गर्नको लागि सिरुवारी आमा समूहले एक लाख हस्तान्तरण रेको छ ।

कार्यक्रममा सविधानसभा सदस्य नरबहादुर थापा मगर, बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खडका, गण्डकी प्रदेश सरकारको अर्थ सचिव बलराम रिजाल, नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, समाजसेवी तथा नेपाल रेडक्रस सोसाइटी बागलुङका निवर्तमान सभापति जब्बरबहादुर लामिछाने, सिरुवारी होमस्टे समितिका जितेन्द्र गुरुङ, सिरुवारी होमस्टेका संचालक उर्मिला गुरुङले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थापक सदस्यहरुलाई सम्मान पत्र वितरण गरिएको थियो । लालबहादुर थापाको अध्यक्षता, उदित थापा मगरको संचालन र खिमबहादुर थापाले स्वागत गरेको कार्यक्रममा स्व. क्या. रुद्रमान गुरुङ स्मृति पार्कका संस्थापक सदस्य यामबहादुर थापा मगरले पार्कबारे जानकारी गराएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki