Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गण्डकी प्रदेश सरकारले क्यान्सर र ब्रेन ट्युमर रोगबाट पीडित विरामीहरुलाई आर्थिक सहायता दिने

bk logo final png
  • बागलुङखबर
  • २९ माघ २०८०, सोमबार २१:३१

बागलुङ, २९ माघ । गण्डकी प्रदेश सरकारले क्यान्सर र ब्रेन ट्युमर रोगबाट पीडित विरामीहरुलाई आर्थिक सहायता दिने भएको छ ।

बागलुङको धार्मिक पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेशको मन्त्रीपरिषद बैठकले प्रदेशभित्रका ७० जना क्यान्सर र ब्रेन ट्युमर रोगबाट पीडित विरामीहरुलाई आर्थिक सहायता रकम उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेशकी उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले क्यान्सर र ब्रेन रोगबाट पीडित विरामीहरुलाई आर्थिक सहायता उपलब्ध गराउनको लागि उक्त निर्णय गरिएको बताइन ।

उनले प्रदेश निजामती सेवा पुरस्कारको लागि सिफारिस समितिलाई पूर्णता दिन सामाजिक विकास तथा स्वस्थय मन्त्रालयका सचिव प्रकाश पौडेल र सदस्यमा नेपाल सरकारका पूर्व सहसचिव विरेन्द्र बहादुर हमाललाई नियुक्त गरिएको बताइन । उनले १० सदस्य समितिमा दुई जनालाई सोमबार निर्णय गरिएको जानकारी दिइन ।

यस्तै प्रदेश सरकारले सिमा विवाद रहेको मनाङको नासोँ गाउँपालिकाको सिमाना संशोधनको लागि नेपाल सरकारलाई सिफारिस गरेको छ । मन्त्री तिवारीले नासोँ गाउँपालिकाका केही वडाहरुमा सिमाको विवाद रहेकोले सिमाना संशोधनको लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको बताइन । गण्डकी प्रदेश सरकारले समपुरक तथा विशेष अनुदान अन्तरगत आयोजना कार्यक्रम समावेश गर्न नेपाल सरकार मार्फत राष्ट्रिय आयोजना आयोगमा अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश आन्तरिक लेखा परीक्षण निर्देशन २०८० स्विकृत गरेको छ ।

मन्त्रीपरिषद बैठकले समग्र गण्डकी प्रदेशको पर्यटन प्रबद्र्धन गरि स्थानीय जनसमुदायलाई आर्थिक सामाजिक समुन्नतीमा टेवा पु¥याउने उद्देश्यले फागुन ९ गतेदेखि २३ गतेसम्म बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० मा आवश्यक सहयोग र सक्रिय सहभागिताको लागि प्रदेश सरकारले अनुरोध समेत गरेको छ ।

उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले गण्डकी प्रदेश साझेदारी फर्मको नियम तथा व्यवस्थापन गर्नको लागि बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्विकृति दिने निर्णय गरेको मन्त्री तिवारीले बताइन । मन्त्री तिवारीले गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, २०८० र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेश गर्ने मन्त्री परिषद बैठकले निर्णय गरेको जानकारी दिइन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki