Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ नगर खानेपानीको अध्यक्षमा मगर बिजयी

bk logo final png
  • BAGLUNGKHABAR
  • २९ पुष २०८०, आईतवार ०८:५४

बागलुङ, २९ पुष । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा केबी राना मगर बिजयी हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा रानाले ४ सय ३४ मत ल्याउँदै अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक चित्रांगत बरालले बताउनुभयो ।

रानाले अर्का प्रत्याशी जयराम भारीलाई २६ मतान्तरले पराजित गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्दी जयराम भारीले ४ सय ८ मत ल्याउनुभएको छ । अध्यक्ष पदका अर्का प्रत्याशी भुपेन्द्र खड्काले ८५ मत पाउनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा हरीबहादुर जि.सी. (सन्तोष) निर्वाचित हुनुभएको छ । उहाँले ४ सय ४७ मत पाउँदा उहाँका प्रतिद्धन्दी रतन प्रसाद मलेपतिले ४ सय ४३ मत पाउनुभएको छ । जि.सी. जयराम भारी प्यानलबाट चुनाव लड्नुभएको हो । सचिवमा के.बी. राना मगरको प्यानलका जीवन आचार्य निर्वाचित हुनुभएको छ । उहाँले ४ सय ७४ मत पाउँदा उहाँका प्रतिद्धन्दी निर्मल बहादुर श्रेष्ठले ४ सय ३७ मत ल्याउनुभएको छ ।

कोषध्यक्षमा कृष्ण शर्मा निर्वाचित हुनुभएको छ । उहाँले ५ सय मत पाउँदा उहाँका प्रतिद्धन्दी थानेश्वर सुवेदीले ३ सय ८५ मत पाएको निर्वाचन समितिका संयोजक बरालले जानकारी दिनुभयो । निर्वाचित शर्मा अध्यक्षमा निर्वाचित के.बी. रानाको प्यानलबाट उम्मेदवार बन्नुभएको हो ।

खुल्ला सदस्यमा केबी राना प्यानलका कुलराज शर्मा हिमाल र जयराम भारी प्यानलका शिव आचार्य निर्वाचित हुनुभएको छ । निर्वाचित शर्माले ४ सय ७ र आचार्यले ३ सय ७१ मत प्राप्त गर्नुभयो ।

महिला सदस्यमा राना प्यानलकी कालिका सापकोटा, र हुमादेवी खड्का तथा भारी प्यानलकी गुमादेवी श्रीष छन्त्याल निर्वाचित हुनुभएको छ । सापकोटाले ४ सय २४, खड्काले ४ सय १५ र छन्त्यालले ३ सय ७३ मत प्राप्त गर्नुभएको छ । १ हजार ५ सय २८ मतदाता रहेको खानेपानीको निर्वाचनमा कुल ९ सय ८५ मत खसेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki