Skip to content

follow us

baglungkhabar.tv

25th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

काठेखोला गाउँपालिकाको चालु प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

bk logo final png
  • BAGLUNGKHABAR
  • ३० मंसिर २०८०, शनिबार ०८:४०

बागलुङ, ३० मंसिर । बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाले शुक्रबार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चौमासिकमा गरेका सेवा प्रवाह, विकास निर्माण र सम्पादित गरेका क्रियाकलापहरुको बारेमा वडा नम्बर १ पालामा सार्वजनिक सुनुवाई गरेको हो । कार्यक्रममा पहिलो चौमासिकमा वडामै पुगेर ११० योजना सम्झौता गरिसकेको, २२ वटा सम्पन्न भएको, पहिलो चौमासिकमा चालु खर्च २७.३३ प्रतिशत र पूँजीगत खर्च ८.८१ प्रतिशत भएको र २८ लाख ३९ हजार ८२८ रुपैयाँ राजश्व संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले जानकारी गराउनुभएको थियो ।

सार्वजनिक सुनवाईमा वडा नम्बर १ का थम बहादुर थापाले पालिकाबाट किसानलाई अनुदान दिइने बताइए पनि अझै किसानको हातमा नपुगेको भन्दै पालिकाकाको अनुदान कहाँ जान्छ भन्दै प्रश्न गर्नुभएको थियो । यस्तै स्थानीय लक्ष्मण थापाले एक जना प्राविधिकले ठिक छ भनेको योजनामा अर्को प्राविधिकले छैन भनेको बताउँदै प्राविधिकहरु भगवान हुन् ? भन्दै प्रश्न गर्नुभएको थियो । उहाँले गौरवको योजना वडा नम्बर १ मा बर्षेनी काभ्रे–धिमी सण्ड खण्डमा बर्षेनी बजेट विनियोजित गरेर काम भइरहेपनि अन्य सडकमा पालिकाको ध्यान के छ ? पालिकाले यातायातको भाडादर निर्धारण मात्र गर्ने की अनुगमन पनि गर्छ ? भनेर प्रश्न गर्नुभएको थियो ।

यस्तै स्थानीय लाल बहादुर रोका र सुमन किसानले विकास भइरहेको ठाउँमा बर्षेनी काम भइरहेपनि कुनै कुनै टोलमा अझै विकास हुन् नसकेको भन्दै बजेट विनियोजितमा ध्यान दिन आग्रह गर्नुभयो । किसानले धिमी करिना माविमा +२ नहुँदा पालाका विद्यार्थीहरुले दैनिक १, २ घण्टाको यात्रा गरेर अध्ययनको लागि अन्यत्र जानुपर्ने बाध्यता रहेकोले कक्षा थपमा पालिकाले चासो दिनुपर्ने बताउनुभयो । यस्तै स्थानीय बद्री बहादुर भण्डारीले वडा नम्बर १ मा हाट बजार संचालन गर्ने भनेर बर्षेनी बजेट विनियोजित गरिएपनि किन संचालनमा ल्याउन नसकिएको भनेर प्रश्न गर्नुभएको थियो ।

कार्यक्रममा दलितले उत्पादन गरेको दुध बजारीकरण हुन नसकेको, जनजातिको क्षेत्रमा प्रयाप्त बजेट विनियोजित नगरिएको लगायतका प्रश्न स्थानीयले राखेका थिए । स्थानीय याम कुमारी थापा, छविलाल रोका, प्रभा थापा लगायतले प्रश्न राख्नुभएको थियो ।

नागरिकहरुको प्रश्न, गुनासो चासो तथा सुझावहरुका विषयमा गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा (तिलक), प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडा नम्बर १ का वडाअध्यक्ष खडक थापाले जवाफ दिनुभएको थियो ।

नागरिकको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष थापाले जनतकालाई सुचना प्रवाह र गाउँपालिकाको कामको विषयमा जानकारी गराउन सार्वजनिक सुनुवाई आयोजना गरिएको बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीलाई ३६५ दिन नै प्रश्न गर्न र सुझाव दिन स्थानीय नागरिकलाई आग्रह गर्नुभएको थियो । ‘हामीलाई आज मात्र प्रश्न र सुझाव दिने होइन,’ अध्यक्ष थापाले भन्नुभयो,‘गाउँपालिकालाई राम्रो गराउनको लागि पालिकाबाट हुने सेवा प्रवाहको बारेमा र राम्रो कामको लागि हामीलाई ३६५ दिन नै प्रश्न र सुझाव दिनुहोस् ।’

अध्यक्ष थापाले गाउँपालिका भित्रका किसानहरुले उत्पादन गर्ने दुध संकलनको लागि चाडै दुध संकलन केन्द्र बनाएर संचालनमा ल्याउन लागिएको बताउनुभयो । उहाँले आगामी पुषको हिउँदे गाउँसभाबाट बजेट विनियोजित गरेर दुध संकलन केन्द्र बनाइने बताउनुभयो । ‘हामीले गाउँपालिका भित्रका सवै किसानले उत्पादन गरेको दुध संकलनको लागि दुध संकलन केन्द्र बनाउँदैछौं,’ अध्यक्ष थापाले भन्नुभयो,‘अक्षेते बजारमा केन्द्र संचालनमा ल्याएर किसानले उत्पादन गरेको दुध संकलन गरेपछि पालिकाले नै बजारीकरण गर्छ ।’ उहाँले जनताको सुझाव ग्रहण गरेर नै काम गर्ने बताउँदै कर्मचारीहरुले पनि जनतालाई सहजरुपमा सेवा दिनुपर्ने बताउनुभयो । उहाँले विद्यालयको गुणस्तरसुधारको लागि प्रधानाध्यापकहरुलाई सचेत गराइएको र कुनै विद्यालयमा कक्षा थप गर्नुपरेमा विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयबाट माग आएमा पालिकाबाट सहजीकरणको भुमिका खेलिने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापाले गाउँपालिकाको राजश्व संकलन अनुसार केन्द्रिय बजेट आउने बताउँदै पालिकाको राजश्व बढाउन र उत्पादन बढाउनको लागि काम गरिरहेको बताउनुभयो । उहाँले वडाहरुमा रहेका पसलहरुको अनुगमन गर्दा म्याद गुज्रेका खाद्यान्न भेटिएको बताउँदै त्यसको अन्त्यको लागि उपभोक्ताहरु पनि सजग र सचेत हुनुपर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले कर्मचारी तहबाट नागरिकहरुलाई योजना सम्झौता र फरफारकमा कुनै ढिलासुस्ती नगरिएको बताउनुभयो । उहाँले स्वास्थ्य वीमा पालिकाभरी कार्यान्वयन नगर्नको लागि गाउँपालिकाको बजेटको सिमितताले पूर्ण गर्न नसकिएको बताउनुभयो ।

वडाअध्यक्ष खडक थापाले जनताको माग अनुसार नै योजनाहरु संचालन गरिएको बताउनुभयो । उहाँले सवै सडकहरुलाई समान रुपमा हेरिएको र गौरवको योजना यसवर्ष कालोपत्रे गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले हाट बजार अर्को बर्ष संचालनमा ल्याउने तयारी रहेको बताउँदै त्यसको लागि यस वर्ष भवन निर्माण सकिने बताउनुभयो ।

गाउँपालिकाको आयोजना र लेखन नेपाल मिडियाको संयोजनमा संचालन भएको सार्वजनिक सुनवाई कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले टिप्पणी गर्नुभएको थियो । पत्रकार संगम घर्ती मगरले काठेखोला गाउँपालिकाका नागरिकहरुको सन्तुष्टी सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने पत्रकार सृजना पन्तले सार्वजनिक सुनुवाईको आचार संहिताको विषयमा जानकारी गराउनुभएको थियो । पत्रकार डम्मर बुढा मगरले सहजीकरण गरेको सार्वजनिक सुनुवाईको अध्यक्षता गाउँपालिका अध्यक्ष राजु थापाले गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

भर्खरै

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki