Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

छैठौं राष्ट्रपति रनिङ शिल्ड : शुक्रबारदेखि सुरु

bk logo final png
  • BAGLUNGKHABAR
  • २२ मंसिर २०८०, शुक्रबार २१:४४

बागलुङ, २२ मंसिर । बागलुङ नगरपालिकाको आयोजनामा शुक्रबारदेखि नगरपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

सुरुमा गणेश माविले अग्रता लिएको छ । माविले १ सय मिटर दौडमा छात्र र छात्रा दुवैमा स्वर्ण पदक जितेको हो । छात्र तर्फ प्रतिक थापा र छात्रा तर्फ पुनम पौडेलले स्वर्ण जितेका हुन् ।

यस्तै १ सय मिटर छात्र दौडमा अमर आदर्शका उज्वल रुचालले रजत र न्यू एभरेष्ट एकेडेमीका प्रदिप परियारले कास्य पदक जिते । त्यस्तै छात्रा तर्फ चिल्ड्रेन लाइफकी रिवा ठकुरीले रजत र युएस एकेडेमीकी साधना आचार्यले कास्य पदक जितिन् ।

शुक्रबार भएको १ हजार ५ सय मिटर छात्र दौडमा सिगामा माविका रबी विकले स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दुरी ५ मिनेट ४ सेकेण्डमा पुरा गरे । यस्तै ५ मीनेट १५ सेकेण्डमा दुरी पार गरेर बिद्यामन्दिर माबिका सागर नेपालीले गरेर रजत र ५ मीनेट ३५ सेकेण्डमा दुरी पार गरेर चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका आमोद जिसीले कास्य पदक प्राप्त गरे ।

यस्तै १ हजार ५ सय मिटर छात्रा दौडमा मुलपानी माबिकी मनिषा दर्जीले ६ मीनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वर्ण पदक जितिन् । गणेश माबिकी सनम शाहनीले ६ मीनेट ५३ सेकेण्डमा दुरी पार गरेर रजत र चिल्ड्रेन लाइफकी अंशु गिरीले ७ मीनेट ६ सेकेण्डमा दुरी पार गरेर कास्य पदक जितिन् ।

प्रतियोगितामा शुक्रबार भलिबलका चार खेल सम्पन्न भएका छन् । पहिलो चरणका खेलमा न्यू ओएसिस एकेडेमी, धवलागिरि विरेन्द् मावि, होलीचाइल्ड बोर्डिङ स्कुल र रुद्रेपिपल माविले विजयी सुरुवात गरेका हुन् । न्यू ओएसिसले कालिका कन्या माविलाई २–० को सोझो सेटमा पराजित गर्यो । ओएसिस पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१५ ले जितेको थियो ।

यस्तै कँुडुले माविले धवलागिरी माविलाई पहिलो सेट २५–१३ र २५–९ को सोझो सेटमा पराजित गरेको थयोभने होलीचाइल्ड बोर्डिङ स्कुलले न्यू एभरेष्ट एकेडेमीलाई २५–८ र २५–६ को सोझो सेटमा पराजित गरेको थियो । यस्तै चौथो खेलमा रुद्रेपिपल माविले तितौरे माविलाई २५–१९ र २५–१२ को सोझो सेटमा पराजित गर्यो ।

प्रतियोगिताको शुक्रबार बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki