Skip to content

follow us

baglungkhabar.tv

15th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर सर्वसम्मत निर्वाचित

bk logo final png
  • BAGLUNGKHABAR
  • १० मंसिर २०८०, आईतवार २०:२६

बागलुङ, १० मंसिर । नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा दुर्गा कुँवर सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न महासंघको प्रथम अधिवेशनले कुँवरको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हिमाल शर्मा र हिरामणी उपाध्याय, सचिवमा राजु गौतम, कोषाध्यषमा हरि आचार्य, उपसचिवमा राधा देवी सुवेदी ढुंगाना र ससि भट्टराई र सहकोषाध्यक्षमा रेनु हमाल केसी सर्वसम्मत निर्वाचित भएको महासंघका निर्वतमान अध्यक्ष भवनराज बरालले बताउनुभयो ।

यस्तै सदस्यहरुमा मातृका आचार्य, राम बहादुर के.सी., ऋषिराम शर्मा, रुपा चापागाई, नारायण शर्मा, अनुप रिजा, तिर्थ कुमारी पौडेल, कुमार पौडेल, युवराज कंडेल, विजय पौडेल र बाबुराम लम्साल रहेका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको प्रथम बार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय महासचिव भागिरथ सापकोटाले गर्नुभएको थियो । उहाँले देशको आर्थिक विकास गर्न उद्यमी र व्यवसायीले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले सरकारले व्यवसायी र उद्यमीको समस्या समाधानको लागि गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभयो ।

उद्घाटन समारोहमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव बहादुर कोइराला, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, नेपाल राष्ट्रिय बाणिज्य संघका केन्द्रिय उपाध्याय सञ्जय कुमार श्रेष्ठ र नेपाल राष्ट्रिय व्यापार संगठनका पूर्वअध्यक्ष पुनम प्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संघका अध्यक्ष भवनराज बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको संचालन नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य दयाराम पौडेलले गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

भर्खरै

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय फिर्ता लिन माग

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki