Skip to content

follow us

baglungkhabar.tv

26th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

म्याक्सवेलको कीर्तिमानी दोहोरो शतक, अस्ट्रेलिया सेमिफाइनलमा

bk logo final png
  • BAGLUNGKHABAR
  • २२ कार्तिक २०८०, बुधबार ०८:४६

काठमाडौं, २२ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन्। जितसँगै अस्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ।

मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले १२८ बलमा २०१ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको रोमाञ्चक जित दिलाएका हुन्। अस्ट्रेलियाको शानदार जितसँगै अफगानिस्तानको सेमिफाइनल सम्भावना भने टरेको छ।

अस्ट्रेलियामाथि हाबी भएको अफगानिस्तानविरुद्ध म्याक्सवेल एक्लै वान मेन आर्मी जस्तै भएर खेललाई जिताएका हुन्। ९१ रनमा ७ विकेट गुमाएको अस्ट्रेलियाको पारीलाई म्याक्सवेल एक्लैले दाहोरो शतकको मद्धतमा जोगाएका हुन् । अफगानिस्तानले म्याक्वेलको एउटा क्याच ड्रप गरेपछि उनले कीर्तिमानी दोहोरो शतक बनाएका हुन्। यो जितसँगै अस्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो ।

म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का हिर्काए। यो विश्वकपमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो। म्याक्सवेलले यही विश्वकपमा इतिहासको सबैभन्दा चाँडो शतकको कीर्तिमान पनि बनाएका छन्। म्याक्सवेललाई कप्तान प्याट कमिन्सले ६८ बलमा १२ रन बनाउँदै अन्तिमसम्म साथ दिएका थिए ।

अफगानिस्तानका लागि नविन उल हक, अजमतुल्लाह ओमारजाइ र रासिद खानले २–२ विकेट लिए पनि म्याक्सवेललाई रोक्न सकेनन्। मंगलबारको जितसँगै ८ खेलपछि अस्ट्रेलियाले १२ अङ्क जोडेको छ। ८ अङ्क रहेको अफगानिस्तान नेट रन रेट अनुसार छैटौँ स्थानमा छ।

यसअघि अफगानिस्तानले पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो। ओपनर इब्राहिम जाद्रानले शतक १२९ रनमा अविजित शतक प्रहार गरेका थिए।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

पहिरोमा परि एक जनाको मृत्यु

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

नेपाली काँग्रेस बागलुङ नगरको सभापतिमा पौडेल सर्वसम्मत

बागलुङ नगरपालिका भित्रका विद्यालय दुई दिन बन्द हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki