Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

bk logo final png
  • BAGLUNGKHABAR
  • २० आश्विन २०८०, शनिबार १६:०३

काठमाडौं, २० असोज । संयुक्त राज्य अमेरिकाले सन् २०२५ का लागि ईडीभी (इलेक्ट्रोनिक डाइभर्सिटी भिसा) लट्री खुलाएको छ । ​डीभीको फाराम भर्न र भरिसकेपछि आवेदन दिन कुनै पनि शुल्क तिर्नुपर्दैन ।

सित्तैमा ईडीभी फाराम भर्न मिल्ने भए पनि विभिन्न पसल तथा व्यक्तिहरूले आफूखुसी पैसा लिई फाराम भरिदिने गरेका छन् । यसबाट नागरिकको विवरण दुरुपयोग हुनेदेखि विभिन्न साइबर सुरक्षा जोखिम निम्तिन सक्ने देखिन्छ ।

पसलहरूले आफ्नोबाट डीभी भर्नेहरूको नाम निस्केको भन्दै प्रचार गरिरहेका हुन्छन् । कतिपयले भने फोटो उपलब्ध गराउने भन्दै पैसा तिरेर फाराम भर्न प्रेरित गरिरहेका हुन्छन् । एक जना व्यक्तिबाट दुई सयदेखि १५ सय/दुई हजारसम्म रकम लिएर फाराम भरिदिने पसलहरू बजारमा प्रशस्त देख्न सकिन्छ ।

डीभी कार्यक्रममा प्रक्रिया पुर्‍याएर गरिएका सबै फाराम योग्य हुन्छन् र उनीहरूबाटै सीमित व्यक्तिहरू (आवेदन) छानिन्छन् । पसलेले दाबी गरेजस्तो उनीहरूकै पसलबाट भर्दा डीभी पर्छ भन्ने चाहिँ हुँदैन । ​ईडीभी भर्न इच्छुकले निश्चित प्रक्रिया अपनाएर आफैंले घरबाटै आवेदन दिन सक्छन् ।

यस्तो छ तरिका

-अमेरिकाको यूएस डिपार्टमेन्ट अफ स्टेटको आधिकारिक वेबसाइटमा जानुहोस् । यो वेबसाइटमा तपाईंले कसरी डीभी भर्ने, डीभी भर्न कस्तो फोटोको आवश्यकता छ र के-के जानकारी चाहिन्छ भन्ने विषय उल्लेख गरिएको छ ।

– स्क्रिनमा थोरै स्क्रोल गरेर हरियो बक्सभित्र लेखिएको ‘बिगिन इन्ट्री‘ मा क्लिक गर्नुहोस् ।

– यसपछि दिइएको अथेन्टिकेसन कोड भरेर सब्मिट गर्नुहोस् ।

पहिलो खण्ड 

-आफ्नो व्यक्तिगत विवरण भर्ने फर्म खुल्छ । एक नम्बरमा भएको खाली ठाउँमा सबैभन्दा सुरुमा आफ्नो थर लेख्नुहोस् । त्यसपछि आफ्नो नाम लेख्नुहोस् ।

-अन्तिममा आफ्नो बीचको नाम जस्तो; बहादुर, कुमार, कुमारी, प्रसाद, देवी, राज लगायतका नामहरू लेख्नुहोस् ।

-यदि तपाईंको बीचको नाम छैन भने त्यहाँ सानो बक्समा भएको ‘नो मिडल नेम’ अप्सनमा क्लिक गर्नुहोस् ।

दोस्रो खण्ड 

– दुई नम्बरमा आफ्नो लिङ्ग (Gender) खुलाउनुहोस् ।

तेस्रो खण्ड 

– तेस्रो नम्बरमा आफ्नो जन्ममिति अंग्रेजी (इस्वी संवत)मा उल्लेख गर्नुहोस् । सबैभन्दा सुरुमा महिना लेख्नुहोस् । त्यसपछि गते र अन्तिममा वर्ष लेख्नुहोस् ।

चौंथाे खण्ड 

– चार नम्बरमा आफू जन्मिएको सहरको नाम राख्नुहोस् । ध्यान दिनुहोस्, यहाँ तपाईंले आफू जन्मिएको जिल्ला, देश वा प्रदेशको नाम उल्लेख गर्ने होइन । यहाँ तपाईं जन्मनु भएको स्थान, टोल वा सहरको नाम उल्लेख गर्नुहोस् ।

पाँचौं खण्ड 

– पाँचाैं नम्बरमा आफ्नो देशको नाम उल्लेख गर्नुहोस् ।

छैठौं खण्ड 

– छैठाैं नम्बरमा तपाईंको देश डीभी कार्यक्रमको लागि योग्य छ वा छैन भन्ने प्रश्नमा ‘एस’ अप्सनमा क्लिक गर्नुहोस् ।

सातौं खण्ड

– साताैं नम्बरमा गएर ‘चुज न्यु फोटो’ अप्सनमा गएर आफ्नो फोटो अपलोड गर्नुहोस् । तपाईंको फोटो वर्गाकारको हुनुपर्नेछ । यसको पिक्सेल ६००*६०० अथवा १२००*१२०० हुनुपर्नेछ । साथै फोटोको ब्याकग्राउन्ड सेतो हुनुपर्नेछ । फोटो पछिल्लो छ महिनाभित्र खिचेको हुनुपर्नेछ ।

आठौं खण्ड 

– आठाैं नम्बरमा तपाईंकाे पत्र ठेगानाको विषयमा विभिन्न प्रश्नहरू सोधिएका छन् । जसमध्ये सुरुमा भएको अप्सन ‘इन केयर अफ’ भन्ने अप्सनमा केही नभर्दा हुन्छ । यो तपाईं बाहेक अरु कसैको ठेगाना दिन चाहेको खण्डमा प्रयोग गर्न सकिन्छ । यसपछि ‘बी’ अप्सनमा गएर आफ्नो चिठी प्राप्त गर्ने ठेगाना उल्लेख गर्नुहोस् ।

अप्सन ‘सी’ पनि अन्य ठेगानाको लागि दिइएको हो, जहाँ तपाईंले अरु कुनै ठेगाना उल्लेख गर्न सक्नु पनि हुन्छ, अथवा नभरे पनि केही फरक पर्दैन ।

– यसपछि अप्सन ‘डी’ मा आफ्नो सहरको नाम उल्लेख गर्नुहोस् ।

– यसपछि आफ्नो जिल्लाको नाम लेखेर सबैभन्दा अन्तिममा पोस्टल कोड राख्नुहोस् । यसको लागि तपाईंले गुगलमा गएर आफ्नो स्थानको पोस्टल कोड हेर्न सक्नुहुन्छ । अथवा ‘नो पोस्टल कोड’ अप्सनमा क्लिक गर्नुहोस् ।

– यसपछि पुन: आफ्नो देशको नाम उल्लेख गर्नुहोस् ।

– नौ नम्बरमा पनि तपाईंले आफू अहिले बसिरहेको देशको नाम उल्लेख गर्नुहोस् । यदि तपाईं देशभन्दा बाहिर हुनुहुन्छ भने यो अप्सनमा आफ्नो देशको नाम उल्लेख गर्नुहोस् ।

– दशौं नम्बरमा आफ्नो फोन नम्बर र ११ औं नम्बरमा आफ्नो ईमेल एड्रेस लेख्नुहोस् ।

– ११ औं नम्बरको (A)मा ईमेल एड्रेस राख्नुहोस् । त्यसपछि ‘बी’ को सेक्सनमा सोही ईमेल राख्नुहोस् ।

– १२ औं नम्बरमा आफ्नो शैक्षिक योग्यता छनौट गर्नुहोस् ।

– १३ औं नम्बरमा आफू विवाहित भए वा नभएको अथवा आफ्नो वैवाहिक जीवनको स्थितिको विषयमा विभिन्न अप्सनमध्ये एउटामा क्लिक गर्नुहोस् ।

– १४ औं नम्बरमा भने आफ्नो सन्तानको विषयमा उल्लेख गर्नुपर्ने हुन्छ । यदि तपाईं अविवाहित हुनुहुन्छ अथवा तपाईंको सन्तान छैन भने यो बक्सलाई खाली नै छोड्दिन सक्नुहुन्छ ।

– यदि तपाईं अविवाहित हुनुहुन्छ भने तपाईंको डीभी फर्म भर्ने प्रक्रिया यहीँ नै समाप्त हुन्छ । अन्तिममा गएर ‘कन्टिन्यु’ अप्सनमा क्लिक गर्नुहोस् ।

यसपछि तपाईंको विवरण सही भए वा नभएको कन्फर्म गरेर सब्मिट गर्नुहोस् । यदि तपाईं विवाहित हुनुहुन्छ भने ‘कन्टिन्यु’ अप्सनमा क्लिक गरेपछि अर्को फर्म खुल्छ, जहाँ तपाईंले आफ्नो श्रीमान् अथवा श्रीमतीको विवरण उल्लेख गर्नुपर्ने हुन्छ ।

यति गरिसकेपछि तपाईँको आवेदन प्रक्रिया पूरा हुन्छ । अन्त्यमा उपलब्ध भएको ‘कन्फर्मेसन नम्बर’ भने तपाईंले सुरक्षित राख्नुपर्ने हुन्छ । आफ्नो आवेदन प्रक्रिया के भयो भनेर बुझ्न यो नम्बर प्रयोग गर्न सक्नुहुन्छ । पछि आफ्नो जन्ममिति र नाम पुष्टि गरेको खण्डमा कन्फर्मेसन नम्बर पुनः प्राप्त गर्न पनि सकिन्छ ।

कस्तो फोटो राख्ने ?

-फोटोको आकार 2*2 इन्चको हुनुपर्नेछ ।

-छ महिनाभन्दा पहिले खिचेको फोटो प्रयोग गर्नु हुँदैन ।

-अनुहारको भाव फरक पारेको हुनुहुँदैन । दाँत देखाएको, क्यामेरामा नहेरेको, घाँटी तलतिर ढल्काएको र घाँटी माथि फर्काएको फोटो रिजेक्ट (अस्वीकृत) हुन्छ । त्यसैले अनुहारको भाव नबिगारी क्यामेरामा हेरेर फोटो खिच्नुपर्ने हुन्छ ।

-चस्मा लगाएको फोटो रद्द हुन्छ ।

-कपालको स्टाइल परक पार्न हुँदैन ।

‍‍- फोटोमा कम वा बढी लाइट परेको हुनुहुँदैन ।

-ब्याकग्राउन्ड सेतो हुनुपर्छ । सेतोको अर्थ पूर्ण रूपमा सेतो भन्ने पनि होइन । तर दिइएको जस्ताे फोटोलाई उत्तम मानिन्छ ।

-अनुहार प्रस्ट देखिने हुनुपर्छ । यदि धमिलो फोटो सब्मिट भएको छ भने फोटो रिजेक्ट हुन्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki