Skip to content

follow us

baglungkhabar.tv

18th December 2025

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा कुकुर व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम शुरु

bk logo final png
  • BAGLUNGKHABAR
  • ६ श्रावण २०८०, शनिबार १६:३५

नारायण रिजाल
बागलुङ, ६ साउन । बागलुङ नगरपालिकामा अब कुकुर पाल्दा अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको हो।

नगरले चालू आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति ल्याएको हो। नगरभित्र रहेका छाडा कुकुरको व्यवस्थापन गर्न पालिकाले ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि, २०७९ नै बनाएर यसको कार्यान्वयनमा ल्याउन लागेको हो।

कार्यविधिअनुसार दर्ता भएका घरपालुवा कुकुरलाई रेबिजविरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्यांक संकलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

कुकुर होस्टेल निर्माण गर्ने

नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत छाडा कुकुरको व्यवस्थापनका निम्ति कुकुर होस्टेल निर्माण गर्ने तथा मृत्यु भएका कुकुरको शव व्यवस्थापन गर्ने उल्लेख छ।

‘बजारमा बढ्दो छाडा कुकुर व्यवस्थापनका निम्ति कुकुर पाल्नेलाई अनिवार्य दर्ता प्रक्रिया गराएका छौँ, नगरकार्यपालिकाले कार्यविधिसमेत बनाएको छ।

नगरप्रमुख श्रेष्ठले भने, ‘छाडा कुकुरले आमनागरिकलाई दुःख दिने, मोटरसाइकलमा हिँड्दा झम्टिने गरेका कारण यसको व्यवस्थापनमा पनि नगरपालिका लागेको छ, त्यसैले होस्टेलको अवधारणा पनि ल्याएका छौैँ।’

छाडा कुकुरलाई नियन्त्रण गरी होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेले अनिवार्य दर्ता गरी पाल्न पाउने नीति नगरपालिकाले लिएको नगरप्रमुख श्रेष्ठको भनाइ छ।

‘नगरपालिकाले कुकुर व्यवस्थापन कार्य सुरु गरेको छ, नगरवासीको प्रमुख गुनासो कुकुरको समस्या भएकाले कार्यविधि बनाएर कुकुर व्यवस्थापन गर्न थालिएको हो,’ श्रेष्ठले भने, ‘घरपालुवा कुकुर नै रोगी भएर वा मानासिक असन्तुलन भएर छाडा छोड्ने गरेकाले घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्ने व्यवस्था गरेका छौँ।’

चालू आर्थिक वर्षमा कुकुर होस्टेल स्थापना गरिने नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी जानकारी दिए।

नगरपालिकाले चालू आर्थिक वर्षमा छाडा कुकुर नियन्त्रण तथा होस्टेल निर्माणका लागि रु। १५ लाख विनियोजन गरेको छ। नगरपालिकाले आर्थिक वर्षको पहिलो दिनबाटै कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरको दर्ता गर्न थालेको सापकोटाले बताए।

घरपालुवा कुकुरको अनिवार्य दर्ता

‘घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने छ, कुकुरको दर्तासँगै भिटामिन, रेबिज र आन्तरिक तथा बाह्र परजीवीविरुद्धको सुई औषधि पनि प्रदान गर्न थालिएको छ, कुकुर दर्ताको घरधनीलाई कुकुर दर्ता प्रमाणपत्र प्रदान गरिएको छ, सापकोटाले भने, ‘कुकुर दर्ताका लागि दुई सय रुपैयाँ तिर्नुपर्नेछ भने अर्को वर्षदेखि नवीकरणका लागि सय रुपैयाँ तिर्नुपर्नेछ।’

नगरपालिकाले दर्ता भएका कुकुरलाई एक वर्षमा रु। एक हजारभन्दा बढी सेवासुविधा दिने उनले बताए।

दर्ता गरेको कुकुरलाई एक वर्षसम्म खोप, उपचार र आवश्यक परामर्श निःशुल्क गर्नेछ। नगरपालिकामा दर्ता भइसकेका कुकुरलाई दर्ता नम्बरसहितको बेल्ट घाँटीमा बाँधेर पठाउने गरेका सापकोटा बताउँछन्।

घरपालुवा कुकुर हराएमा खोज्न सजिलो हुनुका साथै हराएको कुकुरले कसैलाई टोकेमा घाँटीमा बाँधिएको बेल्टका आधारमा कुकुर धनी पत्ता लगाउन सहज हुने छ। हाल घरपालुवाका लागि रातो र सामुदायिकका लागि हरियो बेल्टको व्यवस्था गरेको पशु शाखाले जनाएको छ।

घरपालुवा कुकुर स्वास्थ्यका कारण छाडा कुकुर हुन सक्ने सम्भावना रहेकाले पहिचानका लागि नगरपालिकाले दर्ताको अभियान थालेको हो।

कुकुरको घाँटीमा पेटी बाँध्ने र संकेत गरिने

नगरपालिकाले कुकुरको घाँटीमा बाँधेको पेटीमा गरिएको संकेतको आधारमा कुकुर धनी पत्ता लगाइनेछ। जिल्ला सदरमुकाम बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिई कुकुर होस्टेलमा राखेर पालन पोषण तथा उपचार गर्ने नीति नगरपालिकाको ल्याएको हो।

चालू आर्थिक वर्षको सुरु दिनदेखि नै दर्ता प्रक्रिया थालेको नगरपालिकामा पहिलो दिन १२ र दोस्रो दिन चार गरी हाल सम्म १६ वटा कुकुर दर्ता भएका छन्।

दर्ता गरेको कुकुर छाडेर यदि कसैलाई टोक्ने गरेमा सम्बन्धित कुकुरधनीलाई कारबाही गरिने नगरपालिकाले जनाएको छ। दर्ता गरेको वा नगरेको र बाटोमा छाड्ने कुकुरधनीलाई प्रतिकुकुर पाँच सय र बारम्बार दोहोर्‍याए जरिवाना थपिँदै जाने नगरपालिकाको कार्यविधिमा उल्लेख गरिएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

लोकप्रिय

बढ्यो सुनचाँदीको मूल्य

बागलुङमा मेयर कप फुटबलको ट्रफी सार्वजनिक

यसरी भर्नुहोस् अमेरिका जाने ईडीभी फाराम

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

भर्खरै

प्रबुद्ध युवा समूहद्वारा ५ गते कन्सर्ट गर्ने

‘जनताका आकाङ्क्षा पूरा गर्न जनताकै सामु जान आवश्यक छ’, भुसाल

फाइनल प्रवेश गर्ने लक्ष्यसहित एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

पोर्चुगलले जित्यो यु१७ विश्वकप फुटबलको उपाधि

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki