Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

काठेखोला गापाको बजेट ५६ करोड १२ लाख ३४ हजार

bk logo final png
  • BAGLUNGKHABAR
  • १० असार २०८०, आईतवार १९:२९

खिम बहादुर कार्की
बागलुङ, १० असार । बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि (२०८०÷८१) को लागि ५६ करोड १२ लाख ३४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

उपाध्यक्ष तेज बहादुर थापा (तिलक)ले आज (आईतबार) सार्वजनिक गरेको बजेट वक्तव्य अनुसार चालुतर्फ ३६ करोड १२ लाख रुपैयाँ र पूँजीगततर्फ २० करोड ३४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि आर्थिक विकास तर्फ २ करोड ६३ लाख ५२ हजार, पूर्वाधार विकास तर्फ ७ करोड ४३ लाख ९ हजार, सामाजिक विकास तर्फ ४ करोड ६७ लाख २० हजार, सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ ८९ लाख ८६ हजार र वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ७१ लाख ६७ हजार रुपैयाँ बजेट विनियोजित गरेको छ । उपाध्यक्ष थापाले कृषि तथा पशु तर्फ ६० लाख, उद्योग तर्फ १२ लाख, उर्जा तर्फ ८ लाख, शिक्षा तर्फ २३ करोड १२ लाख, स्वास्थ्य तर्फ ३ करोड ९७ लाख, खेलकुदमा १ लाख, सामाजिक सुरक्षा तथा रोजगार प्रवद्र्धनमा १ करोड ३ लाख र झोलुङ्गे पुल तर्फ ४० लाख रुपैयाँ बजेट विनियोजित गरेका छन् ।

उपाध्यक्ष थापाले गाउँपालिकाको प्रशासकीय भवनको जग्गा व्यवस्थापनको लागि १ करोड रुपैयाँ र साझेदारी योजना तथा कार्यक्रम संचालनका लागि २ करोड रुपैयाँ विनियोजन गरेका छन् । गाउँपालिकाले गौरवको योजना अन्तरगत काठेखोला–६ विहुँ सुलडाँडा, किम्बोट, चिरपानी, धरमदास हुँदै ठुलढुंगा जोड्ने सडक स्तरोन्नतिका लागि ५० लाख र सुलडाँडा, लेखानी मोटरबाटो अन्तरगत भुँदीखोला सिरीमपाटा खण्डको सडक स्तरोन्नतीको लागि क्रमागत योजनाका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले व्यवसायिक पशुपालन विकास कार्यक्रम संचालन तथा व्यवस्थापनका लागि १० लाख रुपैयाँ, कृषि तथा पशुपालनका लागि उत्पादनमा आधारित (दुध तथा खसी बोका) अनुदान कार्यक्रम संचालनका लागि १० लाख रुपैयाँ, लघुउद्यम कार्यक्रमका लागि ७ लाख रुपैयाँ अध्यक्ष शैक्षिक सुधार कार्यक्रमका लागि २० लाख रुपैयाँ, उपाध्यक्षसँग् विद्यालय सघन तथा नियमित, प्रविधिमैत्री अनुगमन कार्यक्रमका लागि १० लाख रुपैयाँ, स्थानीय पाठ्यक्रम छपाईको लागि १२ लाख रुपैयाँ, काठेखोला गाउँपालिका भित्रका दीर्घरोगी निर्वाह खर्च श्रोत भर्नाका लागि १० लाख रुपैयाँ, हरेक वडामा मुल संरक्षणका लागि पोखरी निर्माण तथा संरक्षणका लागि १० लाख रुपैयाँ विनियोजित गरिएको छ ।

(बजेटको पूर्णपाठ)

13 Th Gausava Niti Karyakram 1

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki