Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

राघव र लङ्केशको लडाइँ ‘आदिपुरुष’

bk logo final png
  • BAGLUNGKHABAR
  • २ असार २०८०, शनिबार ०७:१५

काठमाडौँ, २ असार । हामी भगवान् रामको कथा जति पटक हेर्छौं र सुन्छौँ, त्यति नै पटक त्यो नयाँ लाग्छ। कुनै पनि धार्मिक प्रसङ्गमा रामको कथा उल्लेख हुनासाथ हामीमाझ निर्देशक रामानन्द सागरले निर्माण गर्नुभएको रामायणको दृश्य सजीव रूपमा आउँछ तर धेरै नयाँ पुस्ताले भने त्यो अवसर पाउन सकेका छैनन्। पौराणिक महाकाव्य रामकथासँग नयाँ पुस्तालाई परिचित गराउन निर्देशक ओम राउतल चलचित्र ‘आदिपुरुष’ पस्कनुभएको छ। 

चलचित्र ‘आदिपुरुष’ को शाब्दिक अर्थ प्रथम पुरुष हो। चलचित्रमा (राम) प्रभास, अभिनेतृ सीता (कृति सेनन) र लङ्केश (सैफ अली खान) प्रमुख भूमिकामा देखिनुभएको छ। चलचित्रका अन्य कलाकारमा सनी सिंह, देवदत्त नागे र वत्सल सेठ पनि मुख्य भूमिकामा छन्। चलचित्र हिन्दीका साथै नेपाली, तमिल, तेलुगु, कन्नड र मलायालम भाषामा पनि प्रदर्शन भएको छ। पाँच अर्ब भारुको बजेटमा निर्माण यो चलचित्र सबैभन्दा महँगो भारतीय चलचित्रमध्ये एक हो। चलचित्रमा अनौठा किसिमका भिएफएक्स र विशेष भिजुअल इफेक्टहरू छन् जुन अन्य चलचित्र कमै देखिन्थ्यो। चलचित्रभित्र प्रत्येक पात्रलाई धार्मिक भावना अनुरूप निकै सूक्ष्म रूपमा भूमिकामा ढालिएको छ।

पौराणिक महाकाव्य रामायणमा आधारित चलचित्रले अयोध्याका राजा राघव (राम)को कथा भन्छ। कसरी लङ्केश (रावण) ले राघवको पत्नी सीतालाई अपहरण गर्छन् र राजा राघवले लङ्केशलाई मारेर सीतालाई फिर्ता ल्याउन के कसरी लडाइँ गर्छन् भन्ने कथालाई चलचित्रमा बेजोड ढङ्बाट चित्रण गरिएको छ। चलचित्रको मुख्य विशेषता भनेकै राम र रावणबिचको युद्ध नै हो। चलचित्रमा देखाइने यो लडाइँले दर्शकलाई उत्साहको उत्कर्षमा पु-याउँछ।

चलचित्रमा नायक प्रभासको शारीरिक सुगठन धेरै प्रभावशाली देखाइएको छ। उहाँको शारीरिक कद निकै राम्रो हुनुका साथै परिस्थिति अनुसार उहाँले आफ्नो अनुहारको हाउभाउमा धेरै परिवर्तन गर्नुभएको छ। प्रभास साउथ इन्डियन अभिनेता भए पनि उहाँको हिन्दीमा संवाद गज्जबको लाग्छ। उहाँले हरेक संवादलाई निकै सरल र राम्रोसँग प्रस्तुत गर्नुभएको छ। अर्कोतर्फ जानकीको भूमिकामा कृति सेनन सुन्दर र आकर्षक देखिनुभएको छ। उहाँको काम उत्कृष्ट छ। रावणको भूमिकामा सैफ अली खानलाई सुहाएको छ। उहाँले आफ्नो अनुहारमा क्रोध, अहंकार, बासना र आशक्तिका भावनालाई उत्कृष्ट रूपमा चित्रण गर्दै राम्रो अभिनय गर्नुभएको छ । सैफले आफ्नो स्वरलाई भारी बनाउन सफल भएको हुनुहुन्छ। उहाँले बोलेको संवाद दर्शकले अवश्य नै रुचाउने छन्।

रावण वेद र पुराणका जानकार र शिवका परम भक्त थिए तर पनि उनको एउटा गल्तीले उनको सम्पूर्ण परिवार नष्ट भयो। हरेक कलाकारका लागि यति धेरै तहहरू भएको चरित्रमा ढाल्नु चुनौतीपूर्ण हुन्छ र दर्शकको अपेक्षा अनुरूप जीवनमा जोखिम मोल्न सायद कसैले चाहँदैन। चलचित्रमा ‘लक्ष्मण’ का रूपमा सनी सिंह, ‘बजरङ्ग बाली’ का रूपमा देवदत्त नागे र ‘इन्द्रजित’ का रूपमा वत्सल सेठ रहनुभएको छ। जो चलचित्रमा निकै आकर्षित देखिनुहुन्छ। उहाँहरूको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ। चलचित्रमा सञ्चित बलहारा र अङ्कित बलहराको सङ्गीत रहेको छ, जुन तत्कालीन युग अनुसार निकै सुमधुर मिलेको छ। पौराणिक चलचित्रमा सङ्गीतको विशेष महत्व हुन्छ किनकि पौराणिक कालका राजा स्वयम् पनि सङ्गीत मर्मज्ञ हुन्थे । चलचित्रको सङ्गीत उत्कृष्ट छ। गीतहरू ‘सैराट’ अजय–अतुल र सचेत–परम्पराले लेख्नुभएको हो। चलचित्रमा भिएफएक्स प्रयोग धेरै छ । यसले चलचित्रलाई अझ रोमाञ्चक बनाएको छ।

पौराणिक चलचित्र निर्देशन गर्नु आफैँमा चुनौती हो। यद्यपि चलचित्रको निर्देशकीय पक्ष प्रशंसा योग्य छ। निर्देशक राउतले लिनुभएको जिम्मेवारी उच्च कोटीमा मान्नु पर्छ। गोरखापत्रमा समाचार रहेको छ । 

Share

प्रतिक्रिया

थप समाचारहरु

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki