Skip to content

follow us

baglungkhabar.tv

27th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा सार्वजनिक यातायातको भाडादर निर्धारण(सूचीसहित)

bk logo final png
  • BAGLUNGKHABAR
  • ३० जेष्ठ २०८०, मंगलवार १९:३८

बागलुङ, ३० जेठ । बागलुङमा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय बागलुङ, यातायात व्यवस्था कार्यालय बागलुङ, पूर्वाधार विकास कार्यालय बागलुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र यातायात व्यवसायीहरुको संयुक्त बैठकले जिल्लाभर गुड्ने साना तथा ठूला यात्रुबहाक सवारीको भाडादर निर्धारण गरेको हो ।

अब बागलुङ बजारदेखि बुर्तिबाङ सम्म बस यात्रा गर्दा ८३० रुपैयाँ भाडा तिर्नुपर्नेछ भने जीपमा ९८० रुपैयाँ भाडा निर्धारण गरिएको छ । बागलुङ बजारदेखि जुग्जाखोलासम्म बसमा ९८० रुपैयाँ र जीपमा ११६० रुपैयाँ, बागलुङ बजारदेखि अक्षेतेसम्म बसमा ७५ रुपैयाँ र जीपमा १०० रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

बागलुङ बजारदेखि सुल्डाँडासम्म बसमा ९० रुपैयाँ र जीपमा १३० रुपैयाँ, घोडाबाँधेसम्म बसमा २५५ रुपैयाँ र जीपमा ३५० रुपैयाँ, नरेठाँटीसम्म बसमा ४१० रुपैयाँ र जीपमा ५२० रुपैयाँ, गलकोटको हटिया बजारसम्म बसमा ४५० र जीपमा ५७० रुपैयाँ भाडादर निर्धारण गरिएको छ । यस्तै गलकोट हटिया बजारदेखि ताराखोलासम्म जीपमा ४ सय रुपैयाँ र बुर्तिबाङदेखि बोंगादोभानसम्म जीपमा २ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

संयुक्त बैठकले बागलुङ बजारदेखि हरिचौरसम्म बसमा ४५० रुपैयाँ र जीपमा ७ सय रुपैयाँ, काँडेबाससम्म बसमा ५ सय रुपैयाँ र जीपमा ६५० रुपैयाँ, मनेवापाटा रिघासम्म बसमा ५८५ रुपैयाँ र जीपमा ७ सय रुपैयाँ, खरबाङसम्म बसमा ६३५ रुपैयाँ र जीपमा ७३० रुपैयाँ, बडिगाड ग्वालीचौरसम्म बसमा ६५० रुपैयाँ र जीपमा ८ सय रुपैयाँ, भीमगिठेसम्म बसमा ६९० रुपैयाँ र जीपमा ८४० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

यस्तै बागलुङ बजारदेखि कुश्मीसेरा हुँदै हुग्दिशिरसम्म बसमा ५५० रुपैयाँ र जीपमा ९७० रुपैयाँ भाडा निर्धारण गरिएको छभने सिगाना हुँदै हुग्दिशिरसम्मको लागि भने बसमा जीपमा ७७० रुपैयाँ भाडा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताइन । बागलुङ बजारदेखि कुश्मीसेरासम्म बसमा २३० रुपैयाँ र जीपमा २६० रुपैयाँ, अर्गलसम्म जीपमा ९ सय रुपैयाँ, बागलुङ बजारदेखि म्याग्दीको रत्नेचौरसम्म बसमा ६० रुपैयाँ र जीपमा ८५ रुपैयाँ र रत्नेचौर हुँदै म्याग्दीको बेनी बजारसम्म बसमा १ सय रुपैयाँ र जीपमा १२० रुपैयाँ नयाँ भाडादर कायम गरिएको छ ।

सार्वजनिक सवारीहरुले गन्तव्य स्थानसम्मको दुरी (कि.मि.मा) र भाडादर यात्रुहरुले देख्ने गरी पारदर्शी तबरले टाँस गर्नुपर्ने र नयाँ भाडादर यातायात व्यावसायीहरु मार्फत कार्यान्वयन गर्ने गराउर्ने निर्णय भएको यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ्ग थापाले बताए । उनले स्थानीय तह भित्रका सडकहरुको सम्बन्धमा सम्बन्धित स्थानीय तहले भाडादर तोकी कार्यान्वयनमा ल्याउने निर्णय भएको बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki