Skip to content

follow us

baglungkhabar.tv

27th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द

bk logo final png
  • BAGLUNGKHABAR
  • ३० जेष्ठ २०८०, मंगलवार ०७:५५

बैतडी, ३० जेठ । मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो ।

पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लावड स्वास्थ्य चौकीमै डेरा गरी बस्नुभएको छ । दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर जाने मन्दिरको खानेपानीको पाइपबाट पानी भर्न नपाएको अनमी निर्मला लावडले बताउनुभयो ।

स्वास्थ्य चौकीको छेवैबाट पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्तीका लागि ६० मिलिमिटर मोटो पाइपमा चौबिसै घण्टा पानी आउँछ । स्थानीय बस्तीका मानिसले स्थानीय धामकुडी मन्दिरलाई पानी दिए पनि स्वास्थ्य चौकीलाई पानी नदिएको पञ्चेश्वर स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताउनुभयो ।

स्वास्थ्य चौकी भएर जाने खानेपानीको पाइपबाट तीन महिनामा एक रात मात्रै पानी भर्न दिए प्रसूति सेवाका लागि निर्माण गरिएको ३० हजार लिटरको ट्याङ्की भरिने उहाँले बताउनुभयो । तर स्वास्थ्य चौकीलाई पानी दिए मुहान सुक्ने डरले स्थानीय पानी दिन तयार नभएको उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकी इन्चार्ज दलित, अनमी पनि दलित र त्यसमाथि सुत्केरीले पानी प्रयोग गर्ने भएका कारण घुमाउरो ढङ्गले विभेद गरिएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि जेठ २८ गतेसम्म पञ्चेश्वर स्वास्थ्य चौकीमा ६६ जना महिला सुत्केरी भएका छन् । सुत्केरी महिलाका लागि सङ्कलन गरिएको आकासेपानी सकिएपछि आइतबारदेखि सेवा बन्द भएको स्वास्थ्य चौकीले सूचना जारी गरेको छ । पञ्चेश्वर गाउँपालिका–१, बाट जिल्ला अस्पताल बैतडी पुग्न एक दिन लाग्ने गर्दछ ।  अन्धविश्वासका कारण स्थानीयले स्वास्थ्य चौकीलाई पानी दिन नमानेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । स्वास्थ्य चौकीलाई पानी उपलब्ध गराउन गत वर्षदेखि पहल चाले पनि जनप्रतिनिधिले कुनै सुनुवाइ नगरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीमा डेरा गरेर बस्ने स्वास्थ्यकर्मीले समेत खानेपानीको सङ्कट बेहोर्नुपरेको छ । जर्किन बोकेर बिहान ४ बजे पानी भर्न जानुपर्ने बाध्यता रहेको अनमी कोकिला भट्टले बताउनुभयो । २०५२ सालदेखि सुत्केरी सेवा नियमित दिँदै आएको स्वास्थ्य चौकीको सेवा बन्द हुने अवस्थाका विषयमा जनप्रतिनिधिलाई अग्रिम जानकारी गराइएको भए पनि कुनै पहल नगरेको स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताउनुभयो ।

स्वास्थ्य चौकीले आइतबारदेखि प्रसूति सेवा बन्द भएको घोषणा गरेपछि पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले ट्याङ्करमा पानी ल्याएर भए पनि प्रसूति सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकामा स्वास्थ्यको बजेट छँदैछ । ट्याङ्करमा पानी भरेर सेवा सञ्चालन गर्न स्वास्थ्य चौकीलाई निर्देशन दिएका छौँ । पानी भरेर बिल पेस गर्न भनेको छु ।”

प्रसूति सेवा बन्द भएको सूचना जारी गरेपछि गाउँपालिकाबाट ट्याङ्करमा पानी भरेर प्रसूति सेवा चलाउन भने पनि पञ्चेश्वरमा सहजै खानेपानीका ट्याङ्कर नभेटिएको स्वास्थ्य चौकी इन्चार्ज सार्कीले बताउनुभयो ।

गोरखापत्रमा समाचार रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki